र्गैडाकोट, २९ भदौ । नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक आज मंगलबार बिहान चार बजेतिर ठोक्किएका हुन् ।
बस सडकदेखि करिब १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकहरुको सनाखत हुन सकेको छैन ।
घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।