×
बुधबार, असार ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ८. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ९. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • १०. धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

बेरोजगार बनेका सौराहा होटल मजदूरलाई संरचना निर्माणमा लगाइने


चितवन, २८ भदौ । बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ । उनीहरुलाई पर्यटकीय प्रवद्र्धन गर्ने संरचना निर्माणमा लगाइने भएको हो ।

प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम र पर्यटन बोर्डको सहयोगमा सौराहाको राप्ती किनारमा रहेको सौराहा भिजिटर सेन्टरलाई आकर्षक बनाउन लागिएको हो । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ चितवनका अगुवाइमा काम गर्न लागिएको हो । नगरप्रमुख नारायण वनका अनुसार सो ठाउँमा झाडी फाँडेर तलाउ बनाइने छ । यससँगै तलाउ माथिबाट राप्तीको ढिकमा जाने गरी काठको पुल राखिने छ ।

भिजिटर सेन्टरमा आकर्षक बगैँचा बनाइने छ । सोही ठाउँमा सार्वजनिक शौचालय, बस्ने ठाउँलगायतका निर्माणका काम हुने छन् । उहाँले भन्नुभयो, “बेरोजगार रहेका मजदूरलाई काम दिइने छ भने सौराहा किनार आकर्षक बन्ने छ ।” प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमबाट रु ९० लाख र पर्यटन बोर्डबाट रु ६० लाख बजेट निकासा भएको छ । यो रकममध्ये ७५ प्रतिशत मजदूरका लागि काम गरेबापत भुक्तानी गरिने छ । सो क्षेत्रमा रहेको सङ्ग्रहालयलाई पनि स्तरीय बनाइने छ ।

नगरप्रमुख वनका अनुसार एक व्यक्तिले दैनिक रु एक हजार ज्याला पाउने छन् । मजदूरले गर्ने काम बढी हुने गरी योजना बनाइएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहाका होटल तथा रेष्टुराँमा पाँच हजार ५०० मजदूरले काम गर्दछन् । कोभिडसँगै न्यून मजदूरले काम पाएका छन् भने अधिकांश बिदामा रहेका छन् । यस संरचनामा काम गर्न सक्ने मजदूर मात्र एक हजारभन्दा बढी छन् । सङ्घले आह्वान गरेको सूचनामा हालसम्म ५०० ले काम गर्न इच्छा व्यक्त गर्दै नाम टिपाएका छन् । यसका लागि होटलले सिफारिस गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “हाम्रो पहलका कारण धेरथोर सहयोग मजदूरलाई हुँदैछ ।” यससँगै राप्ती किनार पर्यटकका लागि अकर्षक बन्ने छ ।

भिजिटर सेन्टरसँगै बन्न लागेको तलाउमा उद्धार गरिएका गोहीलाई छाडिने छ । त्यहाँ माछा पनि राखिने भएको हुँदा यसले पर्यटकलाई थप अकर्षित बनाउने उहाँको भनाइ छ । सौराहाको होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले यसबाट बिदामा बस्न बाध्य भएका मजदूरलाई केही राहत हुने वताउनुभयो । निषेधाज्ञासँगै होटल सञ्चालन हुन नसक्दा सञ्चालक र मजदूर दुवै मारमा परेको उहाँको भनाइ छ । पर्यटकीय क्षेत्र थप रमणीय बनाउँदै मजदूरलाई काम दिने गरी योजना बन्नुले सबैलाई ऊर्जा थपेको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले भिजिटर सेन्टर नजिकै राप्तीको डिलमा १२० मिटर लामो पैदलमार्ग बनाइरहेको छ । राप्ती नदी किनारमा बसेर सूर्यास्थ र चितवन राष्ट्रिय निकुञ्जको रमणीय दृश्य हेर्न सकिने गरी पथ निर्माण गरिएको हो । त्यहाँबाट राप्ती नदीमा खेली रहेका गोहीसमेत देख्न सकिन्छ । सो पथमा ठूला ठूला तीनवटा ढुङ्गासमेत राखिएको छ । ती ढुङ्गामा संरक्षणका क्रममा ज्यान गुमाएका तल्लो तहका कर्मचारी र पर्यटनकर्मीको आकृति कुदिने छ । भुइँमा ढुङ्गा बिच्छ्याइँदै छ । छेउमा काठको रेलिङ रहने छ भने सो रेलिङमा जुटको डोरी बाँधिने छ । झण्डै रु ३१ लाखको लागतमा यो संरचना बनिरहेको नगर प्रमुख वनले जानकारी दिनुभयो ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाको पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारको तर्फबाट सक्ने सहयोग नगरपालिकाले गरिरहेको उहाँले बताउनुभयो । कोभिड घटेसँगै सौराहाका व्यवसायी उत्साहित भएका छन् । जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले भन्नुभयो, “रुम बुकिङ्का लागि जानकारी लिनेको संख्या बढेको छ । हामी आशावादी छौँ सौराहा अब पूर्ववत् अवस्थामा फर्कने छ ।” सौराहामा १२० पर्यटकीय होटल र १०० हाराहारी रेष्टुराँ छन् ।

सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै
आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • २.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ३.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ४.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ५.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ८.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.