• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

दशैं मनाउन प्रसस्त पैसा लिएर आउंछु भनेका शेरबहादुर बाक्सामा प्याक भएर आए

काठमाडौं । हातमा काजगपत्र लगायतका डकुमेन्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान यताउति गर्दै गरेका स्तब्ध दुई अनुहार दुबईबाट आइपुगेको आफन्तको शव लिएर जाने प्रक्रिया पूरा गर्दै थिए । एक महिना अघि दुबईमा मृत्यु भएका बाँकेस्थित कोहोलपुरका ३० वर्षीय शेरबहादुर कटुवालको शव बुझ्न जेठान (नवराज बोगटी) र मामा (वसन्त बोगटी) विमानस्थल आएका रहेछन्। राति २ बजे दुबईबाट त्रिभुवन विमानस्थल आइपुगेको शेरबहादुरको शव बिहान पौन १० बजे गाउँ लिएर जाने तरखरमा रहेका उनीहरु अध्यारो अनुहार लगाएर भन्दै थिए, ‘आज राति १० बजे गाउँ पुगिन्छ होला।’

वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१९ मा दुबई गएका शेरबहादुरको मृत्यु एक महिनाअघि हृदयघातका कारण भएको रहेछ। उनकी श्रीमती पनि दुबईमा केही वर्षसँगै एउटै कम्पनीमा काम गरेर नेपाल फर्केकी रहेछिन् । मृतकका मामा वसन्त भन्छन्, ‘भान्जाकी श्रीमती पनि दुबईमा काम गर्थिन्। उनी दुबईबाट गत चैत अन्तिममा नेपाल आएकी हुन्। उता दुवै श्रीमान श्रीमती एउटै कम्पनीमा काम गर्थे।’ वसन्तका अनुसार हाल मृतक शेरबहादुरकी श्रीमती घरमा बच्चाहरुसँग छिन्। वसन्त भन्छन्, ‘उनले९मृतक शेरबहादुरकी श्रीमती० दुबैजना नेपाल जाउ भनेकी रहेछिन्।

श्रीमानले नमानेका हुन्। दशैंमा घर आउँछु तिमी जाउ, घरमा पैसा कमाएर ल्याउनु पर्छ भनेकाले उनी चाहिँ अगाडि आएकी हुन्। भान्जा उतै बसे।’ मृतक शेरबहादुरकी श्रीमतीले दुबैजना घर जाउ भन्दा नमानेपछि उनी एक्लै नेपाल फर्केकी रहेछिन्। अन्ततः दसैंमा धेरै पैसा कमाएर ल्याउछु भनेका शेरबहादुर श्रीमती नेपाल फर्केको करिब ५ महिनापछि बाकसमा प्याक भएर घर आइपुगे। हृदयघात हुनुभन्दा केही समय अघि मृतक शेरबहादुरले नेपालमा भएकी श्रीमतीसँग भिडियो कल गरि निक्कैबेर कुराकानी गरेका रहेछन्। तर, उनी बिहानको उज्यालो देख्न नपाउँदै सधैंका लागि अस्ताए।

वसन्त भन्छन्, ‘भान्जा मर्नुभन्दा अगाडि राति ९ः०० बजेसम्म भान्जी बुहारीसँग भिडियो कलमा कुराकानी भएको थियो। म अब सुत्छु बिहान खाना खाएर डिउटी जानु पर्छ भन्नु भएको थियो रे। भोलिपल्ट त बित्नु भयो भनेर फोन आयो।’ मृतक शेरबहादुरको घरमा श्रीमती र दुई नाबालक छोराहरु छन्। मृतकका मामा बोगटीले भने, ‘घरमा बच्चाहरु स–साना छन्। ठूलो १२ वर्षको, सानो ८ वर्षको छ।’

सोही क्रममा मृतकका स–साना बच्चाहरु भएकाले सरकारले सरसहयोग गरिदिन्छ कि भन्दै मृतकका जेठान नवराज बोगटीले भने, ‘६ र ४ कक्षामा पढ्दै गरेका दुई छोराहरु छन्। सरकारले सहयोग सपोट गरेदेखि बच्चाहरु स–साना छन्, धेरै राम्रो हुन्थ्यो।’ नवराजलाई मृतक शेरबहादुरको श्रम अवधि केही महिना अगाडि सकिएकाले तथा कोरोनाका कारणले गर्दा थप गर्न नसकेका कारणले सरकारी तबरबाट पाउनु पर्ने रकम नपाउने हो कि भन्ने चिन्ता रहेछ।

मृतकका आफन्तसँगै विमानस्थलमा भेटिएका नेपाली मजदुर एकता समाजका अध्यक्ष तेजबहादुर कार्कीले दुखेसो गर्दै भने ‘उहाँ (मृतक शेरबहादुर)को श्रम सकिएको १ वर्ष जति भयो । प्राय म यस्तो केसहरुमा सहयोग गरिराखेको हुन्छु। र, उहाँ मेरो चिनजानको मान्छेहरु पनि हुनु भयो।’ अध्यक्ष कार्कीले मृतक शेरबहादुरको शव विदेशदेखि घरसम्म पुर्याउने काममा सघाउ पुर्याएकाले विमानस्थल गएका रहेछन्। र, उनले मृतक शेरबहादुरको श्रम अवधि कोरोनाका कारण थप गर्न नसकिएकाले उनले पाउनु पर्ने वैधानिक सबै पैसा पाउने विश्वास व्यक्त गरे।

सोही क्रममा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको शव नेपाल आइपुग्न महिनौं लाग्ने गरेको दुखेसो गर्दै कार्कीले भने, ‘अन्य देशहरुले एउटा शव २४ घण्टाभित्र कानुनी प्रक्रिया पूरा गरेर आफ्नो देश लिएर जान्छन्। उनीहरुले जेलमा परेको मान्छेलाई समेत २४ घण्टाभित्र कानुनी प्रक्रिया पूरा गरेर लिएर जान्छन्। तर हाम्रो देशको शव ल्याउन महिनौं दिन कुर्नुपर्छ।’

उनले नेपालीहरुको शव विदेशबाट ल्याउन ढिला हुनुको विशेष कारण नेपाल सरकारको कर्मचारी र जिम्मेवारी दूतावासले गर्ने कानुनी प्रक्रिया ढिलो गरेर भएका बताए। शव छिटो नेपाल झिकाउनुमा सरकारको महत्वपूर्ण भूमिका हुने बताउँदै कार्कीले भने, ‘वैदेशिक रोजगारीमा ज्यान गुमाउनेहरुको अधिकांश समस्या भनेको शव ढिलो आउनु हो। नेपाल सरकारले घटना घटेको जानकारी हुने वित्तिकै आफ्नो कानुनी प्रक्रिया सुरु गरिहाल्यो भने मर्नेहरुको आफन्तले दुई–चार दिनभित्रै शव बुझ्न सक्छन्। १–२ महिनासम्म कुर्नु पर्ने थिएन।’

कार्कीका अनुसार मृतक शेरबहादुर कटुवालले २०१९ मा श्रम गरेर दुबई गएका रहेछन तर उनको २०२१ मा श्रम सकिएको छ। ढिलै भएपनि शेरबहादुरको शव नेपाल त आइपुग्यो तर अब उनले पाउने रकम के हुन्छ त्यो भने केही समय कुर्नु पर्ने हुन्छ । तर, कार्की मृतकले पाउने वैधानिक सबै रकम दिलाईदिने विश्वास व्यक्त गर्छन्। जुन प्रक्रियाको लागि उनै कार्कीले पहल गरिदिने भएका छन्। डिसी नेपालबाट

आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.