• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विदेशबाट छिट्टै फर्कन्छु भन्नुहुन्थ्यो कार्टुनमा प्याक भएर आएको अस्तु हात लाग्यो

भोजपुरका ३८ वर्षीय जबर राई रोजगारीका लागि मलेसिया पुगेको १२ वर्ष भएको थियो। यही भदौ १२ गते उनको मृत्युको खबर आयो। उनका आफन्तका अनुसार भदौ ११ गते उनको सडक दुर्घटनामा परेर मृत्यु भएको हो। ‘दिउँसोतिर फोन आएको थियो। दुर्घटनामा परेर जबरको मृत्यु भयो भनेर बाबुका साथीहरूले सुनाएका थिए,’ शव बुझ्न शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी जबरकी भाउजु उत्तरकुमारी राईले सुनाइन्।

‘त्योभन्दा अगाडिसम्म कुराकानी भइरहेकै थियो। केही भएको थिएन। लेखेको त्यति रैछ,’ जबरका दाइ नयन राईले भावुक हुँदै भने। बुटवलकी राधा ज्ञवाली आफ्ना श्रीमानको अस्तु अँगालोमा च्यापेर विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल अगाडि आँसु पुछ्दै हिँडिरहेकी थिइन्। रोजगारीका लागि मलेसिया पुगेका उनका श्रीमान गणेश ज्ञवालीको कोभिड–१९ संक्रमणका कारण ज्यान गएको हो। उनी विगत आठ वर्षदेखि मलेसियामा कार्यरत थिए।

‘छिट्टै फर्कन्छु भन्नुहुन्थ्यो। यस्तो भएर फर्कनु भयो,’ अस्तुको कार्टुन सुम्सुम्याउँदै उनले भनिन्। यतिकैमा उनको गला अवरूद्ध भयो। अर्कोतिर फर्किएर उनी रुन थालिन्। धनकुटाका शिवकुमार तामाङ पनि शनिबार बाकसमा फर्किए। प्लाष्टिक कम्पनीमा मजदुरी गर्दै आएका उनको हृदयघातका कारण मृत्यु भएको हो। ‘मसँग त कुरा भएको थिएन। घरमा कुरा हुँदा जिउ भारी भएको छ। रिँगाटा चलेको छ भन्थ्यो रे,’ शिवकुमारका दाइ कृष्ण तामाङले सुनाए।

शनिबार (हिजो ) रोजगारीका लागि मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपाली युवाहरूको शव तथा अस्तु आइपुगेको छ। नेपाल एयरलाइन्सको आरए ४१६०५–०७३५ उडानबाट शव तथा अस्तु ल्याइएको हो। जसमा छ जनाको शव आएको छ भने ११ जनाको अस्तु ल्याइएको छ। उद्धवबहादुर बस्नेत, राकेश कुमार यादव, गोपालसिंह बस्नेत, जबर बहादुर राई, शिवकुमार तामाङ, ओमप्रकाश पुनमगरको शव ल्याइएको हो भने गणेश ज्ञवाली, टिकाराम भट्टराई, नरबहादुर कार्की, मेखबहादुर गुरुङ, रामबाबु पण्डित, राजेन्द्र लिम्बू, महेश्वर राय यादव, तुलबहादुर खङ्गाह, खुमबहादुर राना, रामबहादुर धिमाल, ललित महरा गरी ११ जनाको अस्तु ल्याइएको हो।

कोभिडका कारण विदेशमा ज्यान गुमाउनेहरूको शव सम्बन्धित मुलुकले नै व्यवस्थापन गर्ने भएकाले उनीहरूको हकमा आफन्तहरूले अस्तु बुझ्दै आएका छन्। मलेसिया नेपालीहरूका लागि आकर्षक रोजगारीको गन्तव्य मानिन्छ। हाल मलेसियामा करिब तीन लाख नेपालीहरू कार्यरत रहेको अनुमान छ। रोजगारीका पुगेकाहरू शव बनेर फर्कनेहरूको संख्या पनि निकै ठूलो छ। वैदेशिक रोजगार बोर्डको तथ्यांक हेर्दा पनि मलेसियामा सबभन्दा धेरै नेपालीहरूले ज्यान गुमाउने गरेका छन्।

बोर्डको एक दशक स्मारिकामा उल्लेख गरिएको तथ्यांक हेर्दा १० वर्षको अवधिमा मलेसियामा दुई हजार चार सय ९६ नेपालीले ज्यान गुमाएको देखिन्छ। पछिल्लो समय यो संख्या झन् बढ्दै गइरहेको छ। गैरआवासीय नेपाली संघ मलेसियाका निवर्तमान अध्यक्ष हरिप्रसाद भट्टराईका अनुसार मलेसियामा कोभिडका कारण मात्रै एक सय बढी नेपालीहरूले ज्यान गुमाएका छन्। हार्टअट्याक, दुर्घटनालगायत विभिन्न कारणले नेपालीहरूले ज्यान गुमाउने गरेका छन्। कतिपय अवस्थामा मृत्युको कारण नै नखुल्ने पाइएको छ। त्यस्तो अवस्थामा अज्ञात वा प्राकृतिक कारण देखाउने गरिएको छ। यो सामाग्री निर्मला घिमिरेले सेतोपाटी डटकमको लागी तयार गर्नुभएको हो।

आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.