×
बुधबार, असार ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ८. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ९. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • १०. धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

विदेशबाट छिट्टै फर्कन्छु भन्नुहुन्थ्यो कार्टुनमा प्याक भएर आएको अस्तु हात लाग्यो


भोजपुरका ३८ वर्षीय जबर राई रोजगारीका लागि मलेसिया पुगेको १२ वर्ष भएको थियो। यही भदौ १२ गते उनको मृत्युको खबर आयो। उनका आफन्तका अनुसार भदौ ११ गते उनको सडक दुर्घटनामा परेर मृत्यु भएको हो। ‘दिउँसोतिर फोन आएको थियो। दुर्घटनामा परेर जबरको मृत्यु भयो भनेर बाबुका साथीहरूले सुनाएका थिए,’ शव बुझ्न शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी जबरकी भाउजु उत्तरकुमारी राईले सुनाइन्।

‘त्योभन्दा अगाडिसम्म कुराकानी भइरहेकै थियो। केही भएको थिएन। लेखेको त्यति रैछ,’ जबरका दाइ नयन राईले भावुक हुँदै भने। बुटवलकी राधा ज्ञवाली आफ्ना श्रीमानको अस्तु अँगालोमा च्यापेर विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल अगाडि आँसु पुछ्दै हिँडिरहेकी थिइन्। रोजगारीका लागि मलेसिया पुगेका उनका श्रीमान गणेश ज्ञवालीको कोभिड–१९ संक्रमणका कारण ज्यान गएको हो। उनी विगत आठ वर्षदेखि मलेसियामा कार्यरत थिए।

‘छिट्टै फर्कन्छु भन्नुहुन्थ्यो। यस्तो भएर फर्कनु भयो,’ अस्तुको कार्टुन सुम्सुम्याउँदै उनले भनिन्। यतिकैमा उनको गला अवरूद्ध भयो। अर्कोतिर फर्किएर उनी रुन थालिन्। धनकुटाका शिवकुमार तामाङ पनि शनिबार बाकसमा फर्किए। प्लाष्टिक कम्पनीमा मजदुरी गर्दै आएका उनको हृदयघातका कारण मृत्यु भएको हो। ‘मसँग त कुरा भएको थिएन। घरमा कुरा हुँदा जिउ भारी भएको छ। रिँगाटा चलेको छ भन्थ्यो रे,’ शिवकुमारका दाइ कृष्ण तामाङले सुनाए।

शनिबार (हिजो ) रोजगारीका लागि मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपाली युवाहरूको शव तथा अस्तु आइपुगेको छ। नेपाल एयरलाइन्सको आरए ४१६०५–०७३५ उडानबाट शव तथा अस्तु ल्याइएको हो। जसमा छ जनाको शव आएको छ भने ११ जनाको अस्तु ल्याइएको छ। उद्धवबहादुर बस्नेत, राकेश कुमार यादव, गोपालसिंह बस्नेत, जबर बहादुर राई, शिवकुमार तामाङ, ओमप्रकाश पुनमगरको शव ल्याइएको हो भने गणेश ज्ञवाली, टिकाराम भट्टराई, नरबहादुर कार्की, मेखबहादुर गुरुङ, रामबाबु पण्डित, राजेन्द्र लिम्बू, महेश्वर राय यादव, तुलबहादुर खङ्गाह, खुमबहादुर राना, रामबहादुर धिमाल, ललित महरा गरी ११ जनाको अस्तु ल्याइएको हो।

कोभिडका कारण विदेशमा ज्यान गुमाउनेहरूको शव सम्बन्धित मुलुकले नै व्यवस्थापन गर्ने भएकाले उनीहरूको हकमा आफन्तहरूले अस्तु बुझ्दै आएका छन्। मलेसिया नेपालीहरूका लागि आकर्षक रोजगारीको गन्तव्य मानिन्छ। हाल मलेसियामा करिब तीन लाख नेपालीहरू कार्यरत रहेको अनुमान छ। रोजगारीका पुगेकाहरू शव बनेर फर्कनेहरूको संख्या पनि निकै ठूलो छ। वैदेशिक रोजगार बोर्डको तथ्यांक हेर्दा पनि मलेसियामा सबभन्दा धेरै नेपालीहरूले ज्यान गुमाउने गरेका छन्।

बोर्डको एक दशक स्मारिकामा उल्लेख गरिएको तथ्यांक हेर्दा १० वर्षको अवधिमा मलेसियामा दुई हजार चार सय ९६ नेपालीले ज्यान गुमाएको देखिन्छ। पछिल्लो समय यो संख्या झन् बढ्दै गइरहेको छ। गैरआवासीय नेपाली संघ मलेसियाका निवर्तमान अध्यक्ष हरिप्रसाद भट्टराईका अनुसार मलेसियामा कोभिडका कारण मात्रै एक सय बढी नेपालीहरूले ज्यान गुमाएका छन्। हार्टअट्याक, दुर्घटनालगायत विभिन्न कारणले नेपालीहरूले ज्यान गुमाउने गरेका छन्। कतिपय अवस्थामा मृत्युको कारण नै नखुल्ने पाइएको छ। त्यस्तो अवस्थामा अज्ञात वा प्राकृतिक कारण देखाउने गरिएको छ। यो सामाग्री निर्मला घिमिरेले सेतोपाटी डटकमको लागी तयार गर्नुभएको हो।

आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै
काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते
धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • २.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ३.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ४.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ५.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ८.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.