• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ७. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

एक महिनामा दोस्रो पटक बढ्यो तेलको मूल्य, स्वदेशमा आपूर्ति घटाएर भारत निर्यात


काठमाडौं,२७ भदौ । गत साउन २३ देखि भदौ २१ गतेको बीचमा नेपाली बजारमा खाने तेलको मूल्य अस्वाभाविक रुपले वृद्धि भएको छ । जेठ अन्तिमतिर कार्टुनमा केही सयले घटाइएको तेलको मूल्य झण्डै १० दिन बीचमा प्रतिलिटरमा १० देखि ३५ रुपैयाँसम्मले बढ्यो । करिब दुई साता चुप बसेका तेल व्यापारीले फेरि तेलको भाउ प्रतिलिटर १० रुपैयाँले वृद्धि हुनेगरी कार्टुनमा पुनः एक सय रुपैयाँले बढाए ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार साउन २३ देखि भदौ २१ सम्मको एक महिनामा तेलको मूल्य लिटरमा ४५ रुपैयाँ र कार्टुनमा ४५० रुपैयाँले बढेको छ । जसअनुसार दुई साता अघि प्रतिकार्टुन दुई हजार दुई सय रुपैयाँमा पाइने फेमिली, अमृत, सुनौलो किरण लगायत ब्राण्डका तेलको मूल्य दुई हजार तीन सय रुपैयाँ पुगेको छ ।

सनफ्लो नामक तेलको प्रतिकार्टुन मूल्य २४ सयबाट बेढेर २५ सय रुपैयाँ पुर्‍याइएको छ भने धारा हेल्थको मूल्य २८ सयबाट बढाएर २९ सय रुपैयाँ प्रतिकार्टुन पुर्‍याइएको संघले जनाएको छ । ‘ठीक १२ दिनमा तेलको मूल्य फेरि बढेर आयो, अहिले लिटरमा १० रुपैयाँ मूल्य बढेको छ,’ असनमा किराना पसल चलाउने संघका सदस्य कबिन्द्र श्रेष्ठले अनलाइनखबरसँग भने । महँगिएका कारण धारा नामक तेल बिक्री गर्नै नसकिएको उनले बताए ।

नेपालमा एक वर्षमा मूल्य दोब्बरले वृद्धि हुँदा भारततर्फ खाने तेलको निकासी भने अर्बौंको रहेको भन्सार विभागको विवरणमा देखिएको छ
‘एक वर्षमा तेलको मूल्य दोब्बर भएको छ, उपभोक्तालाई हरेक साता मूल्य बढ्यो भन्न पनि लाज लाग्ने अवस्था आइसक्यो,’ श्रेष्ठले भने । गत वर्ष भदौंमा प्रतिलिटर १२० देखि १३० रुपैयाँ अधिकतममा बिक्री गरेका सबै प्रकारका तेलको मूल्य अहिले २४० रुपैयाँ भन्दा माथि रहेको उनले बताए ।

नेपालमा अभाव, भारततर्फ ९ अर्बको तेल निकासी

वाणिज्य विभागले गरेको एक अध्ययनअनुसार उद्योगीहरुले कार्टेलिङ गरेर तेलको कारोबार गरिरहेका छन् र त्यसको मारमा नेपाली उपभोक्ता परेका छन् । नेपालमा रहेका कुल २० वटा तेल उद्योगमध्ये १० वटाले नेपालको बजारमा न्युनतम् मात्रामा तेल पठाउने र बाँकी १० उद्योगले भारततर्फ मात्रै तेल निकासी गरेको विवरण वाणिज्य विभागलाई प्राप्त भएको एक अधिकारीले बताए ।

घरेलु कच्चा पदार्थमा आधारित स्वदेशी लगानीको उद्योगले न्युनतम् सामाजिक दायित्व समेत पूरा नगरी तेलमा नाफा कामाउने उद्देश्य राखेको विभागका महानिर्देशक प्रकाश पौडेल बताउँछन् । विभागलाई प्राप्त सूचना र विभागले तेल उद्योगसँग मागेको तेल उत्पादन र बिक्रीको विवरण अध्ययन भइरहेको पौडेलले जानकारी दिए ।

नेपालमा एक वर्षमा मूल्य दोब्बरले वृद्धि हुँदा भारततर्फ खाने तेलको निकासी भने अर्बौंको रहेको भन्सारको विवरणमा देखिएको छ । चालु आर्थिक वर्षको एक महिनामा मात्रै नेपालबाट भारततर्फ भटमास र सूर्यमुखी गरेर ९ अर्ब रुपैयाँ भन्दा बढीको तेल निर्यात भएको देखिएको छ । आर्थिक वर्षको पहिलो एक महिनामा ८ अर्ब ९८ करोड ६४ लाख २५ हजार रुपैयाँ बराबरको ४ करोड ४८ हजार ७०१ किलो भटमासको तेल भारततर्फ निकासी भएको छ । यस्तै ७९ करोड १९ लाख २३ हजार रुपैयाँ बराबरको ४० लाख १६ हजार ३७४ लिटर सूर्यमुखी तेल पनि व्यापारीले भारतमा बेचेका छन् ।

तेलमा उद्योगीको तीन प्रकारका झेल

सरकारी अध्ययनअनुसार तेल उद्योगीले नेपाली उपभोक्ता र बजारमाथि तीन प्रकारका झेल गरेका छन् । एक वर्षमा खाने तेलको मूल्य शतप्रतिशत वृद्धि हुनुमा खुल्ला बजारले मूल्य निर्धारण गर्ने बजारको स्वतन्त्रता खोसिएको वाणिज्य विभागको बुझाइ छ । ‘विदेशबाट तेलको कच्चा पदार्थ प्रशस्त मात्रामा नेपाल भित्रिएको छ, अधिक मात्रामा आएपछि त खुल्ला बजारमा मूल्य सस्तो हुनुपर्ने हो तर मिलोमतोमा झनै मूल्य उचालिएको छ,’ विभागका महानिर्देशक पौडेलले भने ।

विभागले गरेको अनुसन्धानमा तेल उद्योगीहरुको कैफियत देखिएको छ । तेलको आपूर्ति नेपालतर्फ मिलोमतोमा कम गराएरको, मूल्य निर्धारण प्रणाली विश्वासिलो नभएको र तेल बिक्रीको वितरण प्रणालीमा अपारदर्शी जालो राखेको पाइएको उनले बताए । विभागले मगाएको उद्योगीको कागजात अनुसन्धान अधिकृतहरुले अध्ययन गरिरहेको भन्दै उनले कैफियत भटिए खुद्रा र डिलर नभई उद्योगीमाथि नै अधिकतम् कारबाही गरिने बताए ।

सम्पर्कमै आउन चाहन्नन् उद्योगी

खाने तेलको मूल्य एक वर्षमा कसरी दोब्बर भयो भनेर सोध्न हामीले पटक–पटक उद्योगीहरुलाई सम्पर्कको प्रयास गर्‍यौं । परिचयसहित म्यासेज गर्दा पनि तेल उद्योगी र उद्योगीहरुको छाता संगठनका वर्तमान तथा पूर्व पदाधिकारीहरु सम्पर्कमा आउन चाहेनन् । यसरी पन्छिनेहरुमा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघका अध्यक्ष सन्दीप कुमार अग्रवाल पनि एक हुन् ।

शिवशक्ति आयल इण्ड्रष्टिजका सञ्चालक अग्रवालको कम्पनीले सोयाबिन र सनफ्लावर तेल नेपाल तथा भारतमा बिक्री गर्ने गरेको छ । गत आर्थिक वर्षमा मात्रै अग्रवालको कम्पनीले २१ हजार ७६ मेट्रिकटन तेल भारत निर्यात गरेको छ ।

यस्तै संघका निवर्तमान अध्यक्ष विकास दुगड पनि तेलको मूल्य वृद्धिबारे बोल्न चाहेनन् । स्वस्तिक आयल इन्ड्रष्टिजका सञ्चालक दुगडको कम्पनीले प्रिमियम मूल्यमा धारा ब्राण्डमा नेपाल र भारतमा तेल बिक्री गर्दै आएको छ ।

आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ६.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.