चितवन,२६ भदौ । पश्चिम चितवनमा एक व्यक्तिको कंकाल भेटिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ पृथ्विनगर निवासी ५५ वर्षिय बसन्तमणि सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक सूर्य वहादुर थापाका अनुसार गत भदौ २१ गते स्थानिय दक्षिणकाली सामुदायीक वनमा निउरो टिप्न गएका सुवेदीको आज कंकाल भेटिएको हो ।
उनले लगाएको कपडा, टोपीचप्पल लगाएतका कारण भेटिएको कंकाल उनैको भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।