×
मङ्गलबार, असार २४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

लोकप्रिय समाचार

  • १. नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • २. आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ४. भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

  • ५. मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ६. आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने

  • ७. आज मिति २०८२ साल असार १९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल

  • ८. आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ९. एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

  • १०. देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

पर्यटन क्षेत्रका समस्या सरकारले बुझेन : अध्यक्ष भट्टराई


पोखरा, २५ भदौ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन व्यवसायीको समस्यालाई सरकारले बुझ्न नसकेको बताउनुभएको छ ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन ९रेवान०को २७औँ वार्षिक साधारणसभामा उहाँले कोरोना महामारीका कारण सङ्कटमा रहेको पर्यटन क्षेत्रलाई बुझेर सरकारले राहत प्याकेजका कार्यक्रम ल्याउन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यतिबेला निकै कठिन अवस्थामा पर्यटन क्षेत्र छ, तर सरकारले मौद्रिक नीति र पुनरुत्थानका कार्यक्रम कार्यान्वयनमा ल्याएर राहत दिन सकेको छैन, कार्यक्रम ल्यायो भनेर हामीले स्वागत गर्न हतार गरेजस्तो भयो, नतिजा देखिएन ।”

महामारीको यो समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुले हर्जाना, जरिवानासहित व्यवसायीलाई ताकेता गरेर मानसिक दबाब दिएको बताउँदै उहाँले निजी क्षेत्रको भूमिकालाई मूल्याङ्कन गरेर पर्यटनमैत्री नीति ल्याउन सरकारसँग आग्रह गर्नुभयो । अध्यक्ष उहाँले भन्नुभयो, “आजसम्म पनि सरकारको पर्यटनसम्बन्धी स्पष्ट नीति र योजना छैनन्, केवल व्यक्तिका सम्बन्ध र विचारबाट पर्यटन क्षेत्र चलेको छ ।” अध्यक्ष भट्टराईले पोष्ट कोभिडको अवस्थामा पर्यटन क्षेत्रलाई उठाउन सबैको साझा सोच र दृष्टिकोणको खाँचो रहेको बताउनुभयो । उहाँले लामो समयदेखि अन्योलमा रहेको पोखराका रत्नमन्दिर र हिमागृह खुलाउन अब परिषद् निर्णायक रुपमा पहल गर्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशिराज भण्डारीले पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय रुपमा चिनाउन रेवानले गर्दै आएको स्ट्रिट फेष्टिभलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले विश्वमै कोरोनाका कारण पर्यटन क्षेत्रमा ८० देखि ८५ प्रतिशत गिरावट आएको उल्लेख गर्दै अब खोपको सहजतासँगै यस क्षेत्रले गति लिँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका–६ का अध्यक्ष जगतबहादुर पहारीले लेकसाइडकोे सौन्दर्यकरणका लागि वडाले विभिन्न कार्य गरिरहेको जनाउँदै पूर्वाधार विकासका काम भएपनि अझै पर्याप्त हुन नसकेको बताउनुभयो ।

रेवानका अध्यक्ष लक्ष्मण बरालले कोरोना कहरकोे बीचमा पाँच महिना मात्र आंशिक र आन्तरिक पर्यटकलाई सेवा दिएको पर्यटन क्षेत्र अहिले सङ्कटमा परेको उल्लेख गर्दै पर्यटन चलायमान बनाउन अब सरोकारवाला सबै पक्षबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

रेवानका उपाध्यक्ष नरेश भट्टराई र महासचिव विकास भट्टराईले पर्यटन क्षेत्रसँग आवद्ध सबैलाई खोपको सुनिश्चित गरेर यस क्षेत्रलाई लयमा फर्काउनुपर्नेमा जोड दिनुभयो ।

शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन
एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

लोकप्रिय

  • १.
    नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • २.
    आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ४.
    भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

  • ५.
    मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ६.
    आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने

भर्खरै

  • १.
    जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

  • २.
    अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

  • ३.
    नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • ४.
    बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

  • ५.
    आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ६.
    मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ७.
    एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

  • ८.
    आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.