• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, साउन २३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय समाचार

  • १. नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २. तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३. आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तालिबानले पत्रकारलाई निर्घात कुटेपछि भन्यो– तेरो टाउको काटिएन, भाग्यमानी रैछस्

एएफपी,२५ भदौ । तालिबानले काबुलमा भएको विरोध प्रदर्शनको समााचार संकलन गर्ने पत्रकारलाई घण्टौ नियन्त्रणमा लिई निर्घात कुटपिट गरेर छोडेको छ ।

उनीहरूलाई प्रदर्शनस्थलबाट प्रहरी चौकीमा लगिएको थियो । विरोधलाई संगठित गरेको आरोप लगाउँदै डन्डा, विद्युतीय तार र कोर्राले हिर्काएको उनीहरूले बताएका छन् ।

“एकजना तालिबानले मेरो अनुहारलाई कंक्रिटतर्फ फर्काएर उसको खुट्टा मेरो टाउकोमाथि राखेर थिच्यो । उनीहरूले मेरो टाउकोमा हिर्काए ।उनीहरूले मलाई मार्न गइरहेका थिए भन्ने सोचेँ,” फोटोग्राफर नेमातुल्लाह नक्दीले एएफपीलाई भने ।

समावेशी शासन चलाउने वाचा गरेको भएपनि तालिबानले आफ्नो शासनकोविरुद्ध बढिरहेको विरोधलाई दबाउनतर्फ अघि बढेको छ ।

बुधबार राति तालिबानले न्याय मन्त्रालयको अनुमतिविना गरिने प्रदर्शनलाई गैरकानुनी घोषणा गरेको छ ।

निर्घात कुटाइ खाएका नक्दी र उनका सहकर्मी ताकि दर्याबी इतिलात रोज ९इन्फरमेसन डेलि०का रिपोर्टर हुन् । उनीहरू काबुलको प्रहरी चौकी अगाडि महिलाहरूले काम र शिक्षाको माग गर्दै गरेको आन्दोलनको समाचार संकलन गर्न गएका थिए ।

नक्दीले फोटो खिच्न सुरु गर्ने बित्तिकै तालिबन लडाकुले आफूमाथि हमला गरेको बताए ।

“उनीहरूले मलाई ‘तिमीले छायाङ्कन (फिल्म) गर्न सक्दैनौ’ भने,” उनले भने ।

“उनीहरूले छायाङ्कन गरिरहेका सबैलाई पक्राऊ गरे र उनीहरूको फोन लिए,” नक्दीले एएफपीलाई भने ।

नक्दीले तालिबानले आफ्नो क्यामेरा खोस्न प्रयास गरेको तर आफूले भिडमा अरू कसैलाई दिएर व्यवस्थापन गरेकको बताए ।

तीन जना तालिबानले उनलाई प्रहरी चौकीमा लगे र पिट्न सुरु गरे ।

तालिबान अधिकारीहरूले प्रतिक्रियाको लागि एएफपीले बारम्बार अनुरोध गर्दा पनि जवाफ दिएका छैनन् ।

आफूलाई ‍र्‍यालीको आयोजक भएको आरोप लगाएको भन्दै नक्दीले भने, “तालिबानले मलाई गाली गर्न र कुट्न सुरु गरे ।”

उनले आफूलाई किन पिटेको भनेर सोधे, उनलाई भनियो “तँ भाग्यमानी छस्, तेरो टाउको त काटिएन ।”

अन्ततः नक्दीलाई भिडभाडयुक्त कक्षमा लगियो जहाँ उनले आफ्नो सहकर्मी दर्याबीलाई भेटे, उनी पनि पक्राउ परेका थिए र कुटिएका थिए ।

“हामी यति धेरै पीडामा थियौँ कि हलचल गर्न पनि सक्दैनथ्यौँ,” दर्याबीले बताए ।

तालिबानले केही घण्टापछि कुनै स्पष्टीकरणविना उनीहरूलाई अपमानजनक ढंगले छोडिदिएको थियो । “उनीहरूले हामीलाई शत्रुका रूपमा हेर्छन्,” तक्कीले भने ।

तालिबानले स्पष्ट नपारिएकोे इस्लामिक सिद्धान्त अनुसार प्रेस स्वतन्त्रताको रक्षा गर्ने दाबी गरिहरेको छ । यद्यपि, प्रदर्शनका समाचार संकलन गर्ने पत्रकारहरूमाथि दुव्र्यवहार बढिरहेको छ ।

हालैका दिनहरूमा आन्दोलन र विरोध प्रदर्शनका समाचार संकलन गर्ने क्रममा दर्जनौ पत्रकारहरू कुटिएको, पक्राउ परेको र समाचार संकलन गर्नबाट वञ्चित गरिएका समाचारहरू आइरहेका छन् । जुन १९९० को दशकमा पहिलोपटक शासन गरेको तालिबानले यस्तो विरोध हुन्छ भन्ने सोचेका थिएनन् ।

विदेशी मिडियाका पत्रकारभन्दा पनि अधिकांश अफगान पत्रकाररूलाई तालिबानले दुव्र्यवहार गरेको छ ।

हालैका प्रदर्शनहरूले तालिबानले सत्ता हातमा लिएपछि गरेको अधिक सहनशील शासन गर्ने र देशको शान्ति र समृद्धिकाको लागि काम गर्न गरेको प्रतिवद्धता प्रारम्भिक परीक्षण हुँदैछ ।

इटिलात रोज पत्रिकाका प्रमुख जाकी दर्याबीले तालिबानको भनाइ खोक्रो रहेको बताए ।

“धरातलीय यथार्थलाई हेर्दा यो आधिकारीक बोली वास्तविकतादेखि पूरै फरक छ,” उनले भने । एएफपीबाट ।

शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा
डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

लोकप्रिय

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ४.
    भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

  • ५.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • ६.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.