• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

तिजमा नाँच्दानाँच्दै किन मुर्छा पर्छन् महिला? यस्तो अवस्थामा के गर्ने?


प्रश्न : तिजमा नाँच्दानाँच्दै किन मुर्छा पर्छन् महिला? यस्तो अवस्थामा के गर्ने? उपचार के हो?

उत्तर : तिजमा दर खाने र ब्रत बस्ने प्रचलन साँस्कृतिक दृष्टिले उपयुक्त होला। तर, आफ्नो ज्यान जोगिए न संँस्कृतिलाई जोगाउन सकिन्छ। त्यसैले तिजको दिनमा परम्पराका नाममा रहेका केही कुरालाई परिमार्जन गर्न जरुरी छ, स्वास्थ्यका दृष्टिकोणले।

तिजको दिन भएकाले नाँचगानमा रमाइन्छ, त्यो दिन शरीरले अरु समयभन्दा बढी पानी र खाना माग्छ। ब्रतका नाममा पानी समेत नखाँदा केहीलाई तुरुन्तै असर देखिन्छ भने केहीलाई कालान्तरमा त्यसको असर पक्के हुन्छ।

दरका नाममा अघिल्लो दिन टन्न खाने र भोलिपल्ट पानी समेत नखाई ब्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले निकै खराब हो। अघिल्लो दिन बढी चिल्लो, पिरो र मसालेदार खान खाने र भोलिपल्ट केही नखाई ब्रत बस्ने गर्दा पेटको समस्या तथा ग्लुकोजको मात्रा कम भएर मुर्छा पर्दै उपचारका लागि अस्पताल आउने महिलाको संख्या हरेक वर्ष बढिरहेको छ।

पानी समेत नखाई ब्रत बस्ने गर्दा धेरै महिलाहरु नाँच्दानाँच्दै ढल्ने वा मुर्छा पर्ने समस्या देखिन्छ। पानी नखाँदा शरीरमा ग्लुकोजको मात्रा कम भई हाइपोग्लाइसेमिया र हिट सिन्कोपका कारणले महिला बिरामी हुने गरेको पाइन्छ।

मानिसलाई दैनिक करिब २ हजार भन्दा बढी क्यालोरी शक्ति चाहिन्छ। उक्त शक्ति खानाबाट प्राप्त हुन्छ। खाना नखाएको अवस्थामा यो शक्ति नचाहिने वा कम चाहिने भन्ने हुँदैन। यस्तो अवस्थामा उक्त शक्ति शरीरमा सञ्चित बोसोबाट प्राप्त हुन्छ। यस्तो बेलामा प्रोटिन र केही भिटामिनको कमी हुन सक्छ तर यसले एकैदिनमा कुनै गम्भीर असर गर्ने सम्भावना भने कम हुन्छ। तर, पानी समेत नै नखाई ब्रत बस्दा शरीरमा पानीको मात्र कम हुन गई डिहाइड्रेसन हुन्छ। यसले गर्दा कति महिला बेहोस हुन्छन्। मधुमेह तथा पहिलेदेखि नै कमजोर र दीर्घ रोग भएकाहरुको मृत्यु समेत हुन सक्ने खतरा हुन्छ।

मानव शरीरलाई दैनिक २ लिटरभन्दा बढी पानी चाहिन्छ। निराहार बसेको बेला अझ बढी पानी चाहिन्छ। नाँच्दा वा काम गरेको अवस्थामा पसिनाको माध्यमबाट शरीरको पानी र लवण बढी खेर जाने भएकाले हाम्रो शरीरलाई बढी पानी चाहिन्छ। त्यसकारण महिलाहरुले पानी नै नखाई ब्रत बस्नु आफ्नै स्वास्थ्यलाई असर पुर्‍याउनु हो।

तिजको ब्रतमा अन्न नखाए पनि शुद्ध पानी, ग्लुकोज पानी, फलफूल आदि सेवन गर्नु स्वास्थ्यका दृिष्टकोणले उत्तम हुन्छ।

ब्रतका समयमा कोही महिला मुर्छा परेर ढलेमा तत्कालै पानी, ग्लुकोज पानी वा जीवनजल दिनु पर्छ। यसो गर्दा पनि स्वास्थ्यमा सुधार नआएमा नजिकैको स्वास्थ्य संस्थामा लैजानु उपयुक्त हुन्छ।

बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै
चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.