१० वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय राजु पक्राउ
सुनसरी २० भदौ । १० वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दुहबी नगरपालिका-४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनी रहेका छन् ।निजले गत भदौ १५ गते ती बालिकालाई जबरजस्ती करणी गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले हिजो शनिबार पक्राउ गरेको हो ।यस विषयमा थप अनुशनधान भइरहेको प्रहरीले जनाएको छ ।