चितवन, २० भदौं । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा जम्मा २८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ६७ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।
बितेको २४ घण्टामा भरतपुर महानगरपालिकामा २७ र माडी नगरपालिकामा १ जना कोरोना संक्रमित मात्र थपिएका हुन्। स्वास्थ्य कार्यालय चितवनका अनुसार सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लाग्दै एक हजार १९ मा झरेको छ ।
हालसम्म चितवनमा २४ हजार ९१७ जना कोरोनाबाट संक्रमित भएका छन् भने निको हुनेको संख्या २३ हजार ४९७ पुगेको स्वास्थ्य कार्यालयको भनाइ छ । ९५६ जना होम आइसोलेसन र ६३ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।