• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

कैलालीको वडा अधिवेशन अनिश्चित

सुदूरपश्चिम, २० भदौ । नेपाली कांग्रेसको १४औँं महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ ।

पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुङ्गो लगाउन ढिलो हुँदा वडा अधिवेशन अनिश्चित बनेको कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताउनुभयो ।

पार्टीको जिल्ला सभापति पदका दाबेदारसमेत रहनुभएका बमले भन्नुभयो, ‘‘केन्द्रमा विवाद समाधानको प्रयास भइरहेको छ, केही दिन ढिलो भए पनि अधिवेशन रोकिँदैन ।’’ देश सङ्घीयतामा गएसँगै सङ्घीय संरचनाअनुरुप अधिवेशन गर्ने पार्टी कांग्रेस पहिलो रहेको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशका जिल्लामध्ये सबै भन्दा बढी पाँच निर्वाचन क्षेत्र रहेको यो जिल्लाको निर्वाचन क्षेत्र नं १ मा क्रियाशील सदस्यता विवादको समस्या ठूलो रहेको बताइएको छ ।

विवादकै कारण सो क्षेत्रका नेता कार्यकर्ताले कांग्रेसको केन्द्रीय कार्यालयमा यसअघि धर्नासमेत दिएका थिए । कांग्रेसको जिल्ला सभापति पदका लागि वर्तमान उपसभापति बम, नेता नारायणदत्त भट्ट, नृपबहादुर ओड, डा रणबहादुर रावल, गणेश देउवा, खेमराज चौधरीलगायतका नेता आकांक्षी देखिएको चर्चा छ ।

पार्टीका जिल्ला सभापति नरनारायण शाह दुई कार्यकाल सभापतिको जिम्मेवारीमा रहिसक्नुभएको छ । तेस्रो कार्यकाल सभापतिमा उठ्न नपाइने कांग्रेसको विधानमा व्यवस्था छ ।

डडेलधुरामा पनि पूर्वनिर्धारित मिति अर्थात भदौ १८ गते कांग्रेसको वडा अधिवेशन हुन सकेको छैन । त्यस्तै बाजुरा, दार्चुला र बैतडी जिल्लामा पनि वडा अधिवेशन प्रारम्भ हुन सकेको छैन । तीमध्ये कतिपय जिल्लामा आज वा भोलिसम्म वडा अधिवेशन सुरु हुने जनाइएको छ । डडेलधुरा जिल्लाका कांग्रेस नेता एवं प्रदेशसभामा प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्दराज बोहराले केन्द्रबाट क्रियाशील सदस्यको विवरण नआउँदा जिल्लामा तोकिएको समयमै वडा अधिवेशन हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘क्रियाशील सदस्याताकोे विवाद त्यति ठूलो थिएन, केन्द्रवाट लिष्ट नआउँदा अधिवेशन हुन सकेको छैन ।’’ सो जिल्लामा यही भदौ २२ गते वडा अधिवेशन गर्ने तयारी भइरहेको छ । डडेलधुराको पार्टीको सभापतिका लागि परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउद, वर्तमान उपसभापति करुणकर भट्टलगायत आकांक्षी देखिएका छन् ।

डडेलधुराका वर्तमान सभापति एवं प्रदेशसभा सदस्य कर्णबहादुर मल्लको दुई वर्षे कार्यकाल पूरा भइसकेको छ । केही जिल्लामा यही भदौ २१ र अन्य केही जिल्लामा भदौ २२ बाट वडा अधिवेशन हुन लागेको जनाइएको छ । कञ्चनपुर, डोटी, बझाङ र अछाम जिल्लामा भने भदौ १८ देखि वडाअधिवेशन सुरु भइसकेको छ ।

कञ्चनपुरका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । सो जिल्लामा पार्टीका वर्तमान सभापति हरिप्रसाद बोहरा र गोपाल गुरुङलगायतका नेता जिल्ला सभापतिका लागि दाबेदार रहेको जनाइएको छ । डोटी जिल्लाका ६५ वडामध्ये ५९ वडामा भएको अधिवेशनमा वडासमितिका सदस्य र क्षेत्रीय प्रतिनिधि अधिकांश सर्वसम्मतिले छनोट भएको छ । बाँकी छ वडामा निर्वाचन प्रक्रिया अपनाइ वडा तहको अधिवेशन सम्पन्न भइसकेको सो पार्टीका निर्वाचन अधिकृत ठेकेन्द्रराज जोशीले जानकारी दिनुभयो ।

डोटीमा भूमिराज वडू, दीपक विष्ट, रामप्रसाद उपाध्याय, प्रदीप देउवा, नरेन्द्रबहादुर सिंह पार्टीको जिल्ला सभापतिका लागि आकांक्षी देखिएका छन् । हाल पार्टीको जिल्ला सभापति देउवा हुनुहुन्छ । बैतडीमा भदौ २१ देखि वडा अधिवेशन गर्ने तयारी गरिएको छ । वडा अधिवेशनपछि नगर, गाउँ समितिको नेतृत्व चयन गरिने कार्यतालिका छ । त्यसपछि जिल्ला तहको कार्यसमिति चयन हुनेछ । क्रियाशील सदस्यले पार्टी संरचनाको वडा र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने जनाइएको छ । क्षेत्रीय प्रतिनिधि प्रदेश, क्षेत्र, जिल्ला अधिवेशनका मतदाता हुने व्यवस्था गरिएको छ ।

कांग्रेसको १४औँ अधिवेशनको प्रक्रिया आरम्भ भइरहँदा पार्टीमा मौलाएको गुट उपगुटको राजनीतिले वर्षौदेखि राजनीतिमा लागेका निष्ठावान र त्यागी नेता भने पछि पर्दै गएको गुनासो एक नेताले सुनाउनुभयो ।

आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.