काठमाडौं, २० भदौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक काम छाडेर आन्दोलनमा उत्रिएका छन्। चिकित्सक, कमर्चारी काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ।
बिपी प्रतिष्ठान शुद्धिकरणको माग गर्दै लामो समयदेखि चिकित्सकहरु आन्दोलनमा छन् । सरकारले गरेका प्रतिवद्धता पूरा नगरेको भन्दै चिकित्सकहरु पुन आन्दोनलमा उत्रिएका हुन् ।
चिकित्सक र कर्मचारीहरूका जायज मागलाई पूरा गर्न सरकारले आलटाल गरेकाले बाध्य भएर काम छाडी आन्दोलनमा उत्रिनु परेको चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकले काम बन्द गरेपछि परीक्षणका लागि आएका बिरामीहरु फर्किएका छन् । चिकित्सकको आन्दोलनका कारण, मेडिसन, सर्जरी, हाडजोर्नी, प्रसुति, नाक कान घाँटी, मानसिक रोग लगायत सबै सेवा प्रभावित भएको छ । प्रतिष्ठानको रेडियोलोजी विभागको सेवा पनि ठप्प भएको छ।
बीपी प्रतिष्ठानका पदाधिकारीहरू उपकुलपति डा। ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा। गुरु खनाल, रजिष्ट्रार डा। मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा करोडौं आर्थिक अनियमितता गरेको आरोप आन्दोलनरत चिकित्सकहरुले लगाएका छन् ।
पदाधिकारी हटाएर प्रतिष्ठान सुधार गर्नुपर्ने माग राखेर चिकित्सक र कर्मचारीहरू करिब ३ महिनादेखि आन्दोलनमा छन् ।