• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ ०७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

लोकप्रिय समाचार

  • १. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २. नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

कृषिउपज केन्द्र निर्माण हुने भएपछि किसान उत्साहित

नवलपुर, १८ भदौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दुमा रु २४ करोड लागतमा कृषिउपज केन्द्र निर्माण हुने भएको छ ।

सङ्घीय सरकार र मध्यबिन्दु नगरपालिकाको लगानीमा नगरपालिकाको वडा नम्बर ७ चोरमारामा कृषिउपज केन्द्र निर्माण गरिने भएको हो ।

सङ्घीय सरकारको रु एक करोड ८८ लाख तथा थप रकम मध्यबिन्दु नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी कृषिउपज केन्द्र निर्माण गर्न लागिएको नगरप्रमुख चन्द्रबहादुर रानाले बताउनुभयो । चार चरणमा गरेर निर्माण सम्पन्न हुने कृषिउपज केन्द्रको पहिलो चरणमा रु चार करोड बराबरको ठेक्का सम्झौता भइसकेको रानाले बताउनुभयो । व्यवस्थित बजार निर्माणको लागि नगरपालिकाको नमूना योजनाको रुपमा कृषिउपज केन्द्र निर्माण गरिने उहाँको भनाइ छ ।

चोरमारामा लाग्ने हाटबजारको वैकल्पिक व्यवस्थापन गर्दै सोही स्थानमा कृषिउपज केन्द्र निर्माण गर्न लागिएको हो । गत वर्ष कृषिउपज केन्द्र निर्माणका लागि काम सुरु गरिएको भए पनि हाट बजार व्यवसायीको विरोधको कारण काम अगाडि बढ्न सकेको थिएन । कृषिउपज केन्द्र निर्माण गर्दा कृषकका लागि मात्रै प्रयोग हुन्छ भन्ने हाट बजार व्यवसायीको बुझाइका कारण गत वर्ष काम सुरु गर्न कठिन भए पनि यस वर्ष उनीहरुलाई बुझाएर निर्माण काम सुरु गर्न लागिएको नगरप्रमुख रानाको भनाइ छ ।

हाट बजार व्यवसायीको माग त्यो स्थानमा कृषिउपज केन्द्र निर्माण गर्न नहुने र निर्माण गर्नै परे हाट बजारलाई पनि सोही स्थानमा व्यवस्थापन गर्नुपर्छ भन्ने रहेको वडाध्यक्ष अमृतप्रसाद ज्ञवालीले बताउनुभयो । कृषिउपज केन्द्र निर्माण गर्न चोरमारा–७ को नवजागरण नमूना प्राविको जमिनसमेत समेटेर दुई बिघा १४ कट्ठा जमिनमा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनेको वडाध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो । अब त्यहाँ अरु थप संरचना वा व्यवस्थापन गर्ने कुरा गाह्रो हुने भन्दै उहाँले हाट बजार व्यवसायीलाई अन्य तीन वटा विकल्प दिएको बताउनुभयो ।

कृषिउपज केन्द्र निर्माणका लागि पाइनस उपमा जेभी काठमाडौँसँग मध्यबिन्दु नगरपालिकाले २०७८ जेठ ३ गते ठेक्का सम्झौता गरेको छ । सम्झौताबमोजिम ठेकेदार कम्पनीले १२ वटा टहरा, एक वटा कृषिउपज सङ्कलन केन्द्र र कार्यालय भवन निर्माण गर्नेछ । विसं २०७९ जेठ १९ गतेसम्ममा सबै संरचना निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको नगरप्रमुख रानाले बताउनुभयो ।

मध्यबिन्दु नगरपालिकाको केन्द्रको रुपमा रहेको चोरमारा बजारमा निर्माण हुने कृषिउपज केन्द्रले नगरपालिकाभित्र उत्पादन भएका कृषि उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान गर्ने नगरप्रमुख रानाले बताउनुभयो । नगरपालिकाको पहाडी क्षेत्र तथा तराई क्षेत्रको विभिन्न स्थानमा उत्पादन हुने कृषि उत्पादनको एकीकृत सङ्कलन र बिक्री हुँदा त्यसको प्रत्यक्ष फाइदा कृषक, उपभोक्ता र व्यवसायी सबैलाई हुने रानाको भनाइ छ । नगरभित्र मौसमी तथा बेमौसमी ताजा तरकारी तथा फलफूलका साथै अन्य कृषिउपजको राम्रो उत्पादन हुने गरेको छ ।

कृषिउपज निर्माणसँगै नगरपालिकाभित्र व्यावसायिकरुपमा कृषि उत्पादनमा लाग्ने कृषकको सङ्ख्यासमेत बढ्ने नगरपालिकाको विश्वास छ । कृषिउपज केन्द्रजस्तै अन्य व्यावसायिक प्रयोजनको लागिसमेत एकीकृत योजना अगाडि बढाउन सकेको अवस्थामा थप व्यवसायी तथा उपभोक्तासमेत लाभान्वित हुने नगरवासीको भनाइ छ ।

शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.

  • ३.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ४.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ५.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ६.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ७.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ८.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.