काठमाडौँ, १८ भदौ । आज कोशी र यसका सहायक नदीहरूमा बहाब सामान्य बढ्ने पूर्वानुमान गरिएको छ। यसैगरी नारायणीका सहायक नदीहरू विशेषगरी सेतीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाव बढ्ने जनाईएको छ।
यसैक्रममा केहीमा सतर्कता आसपास पुग्न सक्ने तथा मझौला नदीहरु बागमती, तिनाउमा बहाव केही बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ।
