तिलोत्तमा नगरपालिका, रुपन्देहीले प्रकाशन गरेको पदपूर्ति सुचना ( बिज्ञापन नं ०१/०७८/७९ ) र सो सम्बन्धमा को मिति २०७८/४/१७ मा बिज्ञापन सुचना सच्याई स्ट्रक्चरल इन्जिनियर छैटौं तहको आवश्यक न्युनतम योग्यता मान्यता प्राप्त शिक्षण सस्थां बाट सिभिल इन्जिनियरिंग बिषयमा ब्याचलर अफ इन्जिनियरिंग (बि.ई.) उतिर्ण गरि नेपाल इन्जिनियरिंग काउन्सिलमा दर्ता भएको भन्ने व्यहोरा प्रति हाम्रो स्ट्रक्चरल इन्जिनियर समाज नेपाल ( SEANep) को गम्भीर ध्यानाकर्षण भएको छ | स्ट्रक्चरल इन्जिनियरिंग बिषयमा स्नाकोत्तर गरेको बिज्ञ इन्जिनियर नै स्ट्रक्चरल इन्जिनियर को परिभाषा हो यसर्थ संसोधित सुचना तत्काल खारेज गरि अर्को सुचना प्रकाशन गर्न जोडदार अपिल गर्दछौं |
सोही सम्वन्धमा आज मिति २०७८/०४/१९ गते स्ट्रक्चरल इन्जिनियर समाज को अगुवाइमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय , लोक सेवा आयोग तथा नेपाल इन्जिनियर्स एसोसियसनको कार्यालय मा पुगि नेपाल सरकारको संघ , प्रदेश र स्थानिय तहको कर्मचारी संगठन संरचनामा स्ट्रक्चरल इन्जिनियरिङ बिषयमा स्नातकोत्तर योग्यता भएको ब्यक्तिको सम्बन्धमा बिज्ञापन गर्नुपर्दा बिज्ञ इन्जिनियरको रुपमा स्पष्ट खुलाइ पदपूर्ति गर्नुपर्ने लगायत हाल तहको संगठन संरचनामा कम्तीमा सातौं तहमा ब्यबस्थापन गरिनुपर्ने बिषयमा ध्यानाकर्षण गरियो। राष्ट्रिय भवन संहिता पुर्ण रूपमा कार्यान्वयन गर्न संघ र प्रदेश अन्तर्गत मन्त्रालय बिभाग मा भवन संहिता शाखा को स्थापना गर्ने साथै इन्जिनियरिङ सेवा समुह अन्तर्गत स्ट्रक्चरल उपसमुह को ब्यबस्था गर्नुपर्ने बिषयमा समेत ध्यानाकर्षण गराईयो।