निराजन घिमिरे, साउन ६, चितवन- चितवनमा नहरमा डु’बेर दुई जना बालकको मृ’त्यु भएको छ । भरतपुर महानगरपालिका २ स्थित क्षेत्रपुरमा सोहि स्थान बस्ने वर्ष १६ का अंकित जोशी र वर्ष १४ का विवेक शर्माको आज दिउँसो करिब ४ बजेको समयमा नजिकै रहेको नरहमा डु’बेर मृ’त्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, क्रिकेट खेलेर हातखुट्टा धुन भनि नहरमा गएका विबेक चि’प्लिएर नहरमा खसेपछि उसलाई बचाउन जाँदा अंकित पनि नहरमा डुबे’का हुन् ।
डुबेको स्थानदेखि दुई सय मिटर पर नहरबाट उद्धार गरि उपचारको लागी अस्पताल पठाएको र अस्पतालले मृ’त घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । साथै बर्षातको समयमा नारायणी नदि लगायतका नदी, खोला, नहरहरुले बगाई तथा पानि जमेको पोखरीहरुमा डुबी मानिसहरुको मृ’त्युको घटनाहरु दोहोरिएको देखिएकोले त्यस्ता ठाउँमा नजान प्रहरीले अनुरोध गरेको छ । (तस्बिर: सांकेतिक रुपमा प्रयोग गरिएको)
जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोध ।