• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, जेठ २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

रोकिएका परीक्षा सञ्चालन गर्ने तरखर

कोरोना संक्रमितको संख्या घट्दै गएकाले शिक्षण संस्थाहरूले निषेधाज्ञाका कारण रोकिएका परीक्षा पुनः सञ्चालनको तयारी थालेका छन् । विश्वविद्यालय, चिकित्सा शिक्षा र कक्षा १२ सहित विभिन्न परीक्षा सञ्चालनको पूर्वतयारी भइरहेको हो ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत स्नातक तहको एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएममी) सँग स्वीकृति मागेको छ । असारको अन्तिम साता परीक्षा सञ्चालन गर्न स्वीकृति मागिएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिए । ‘गत वर्ष नै परीक्षा सकेर पठनपाठन सुरु भइसक्नुपर्ने हो, अहिलेसम्म हुन सकेन,’ उनले भने, ‘निषेधाज्ञा कायम नै रहे पनि परीक्षा गर्ने गरी अनुमति मागेका छौं ।’ प्रवेशपत्रका आधारमा विद्यार्थीलाई आउनेजाने अनुमति दिने व्यवस्थासहित असार २६ गतेबाट परीक्षा सञ्चालनको अनुमति मागिएको आयोगले जनाएको छ । जेठ पहिलो साता तोकिएको परीक्षा स्थगित भएको थियो । करिब ३३ हजार विद्यार्थीले परीक्षा दिन आवेदन दिएका छन् ।

अवस्था सहज रहे असार मसान्तसम्म कक्षा ११ र भदौ अन्त्यसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्षदेखि कक्षा ११ को परीक्षा विद्यालयले नै लिन थालेका छन् । साउन मसान्तसम्म कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्ने तयारी छ । कक्षा ११ को परीक्षा सञ्चालनसम्बन्धी कार्यविधिअनुसार सामान्य अवस्थामा असार मसान्तसम्म परीक्षा लिनुपर्छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले संक्रमण दर घट्दै गए विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिन सक्ने जनाए । ‘यही बेला परीक्षा लिनु भन्न सक्ने अवस्था छैन, भदौअघि कक्षा ११ को नयाँ शैक्षिक सत्र सुरु हुन सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘विद्यालयले आफ्नै निर्णयमा परीक्षा लिन सक्छन् ।’

बोर्डले कक्षा ११ का विद्यार्थीलाई एक साताभित्र सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बर उपलब्ध गराउने जनाएको छ । कक्षा १२ को हकमा भने भदौसम्म सकभर पहिले जस्तै लिखित परीक्षा नै सञ्चालन गर्ने योजना बनाइएको अर्यालले जनाए । ‘कुनै निर्णय त भएको छैन, तर विज्ञहरूको रायसुझावअनुसार कक्षा १२ को परीक्षा सञ्चालन गर्ने नै भन्ने छ,’ उनले भने । गत वर्ष घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यस पटक पनि कक्षा १२ को परीक्षाका लागि अनलाइनबाटै देशभरका परीक्षा केन्द्रमा प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । भदौमा परीक्षा सञ्चालन गर्न सके दसैं, तिहार पछाडि सामान्य अवस्थामा झैं विश्वविद्यालयहरूले स्नातक तहको नयाँ शैक्षिक सत्र थाल्न पाउने विज्ञहरू बताउँछन् । गत जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गरिएको थियो । करिब ४ लाख विद्यार्थी १२ को परीक्षाको तयारीमा छन् । असार १५ गतेसम्मको अवस्था हेरेर परीक्षाको मोडालिटीबारे निर्क्योल गरिने सदस्यसचिव अर्यालले जनाए । सकभर भौतिक उपस्थितिमा र नभए अरू विकल्पमा पनि परीक्षा सञ्चालनका लागि योजना बनाइएको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले निषेधाज्ञाकै बीच स्नातक तह पहिलो वर्षको परीक्षा आवेदन फाराम आह्वान गरेको छ । असार ७ गतेसम्म फाराम भर्न सकिने म्याद तोकिएको छ । त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले परीक्षाको पूर्व तयारीका लागि सबै तहको परीक्षा आवेदन फाराम संकलनको काम भइरहेको जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयलाई सहज अवस्था हुनेबित्तिकै परीक्षा सञ्चालन गर्ने वातावरण बनाउन निर्देशन दिइएको उनले जनाए । ‘भर्चुअल विधिबाट पठनपाठन भइरहेको छ, रोकिएका परीक्षा सञ्चालनका लागि पनि गृहकार्य भइरहेको छ,’ उनले भने । निषेधाज्ञा हटे असार अन्तिम सातादेखि परीक्षा सञ्चालन गर्न सकिने त्रिविले जनाएको छ ।

आइतबार, असार ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ४.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ५.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ८.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.