• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, मङि्सर २१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

बिदेश बाट आउनेको लागि यस्तो नियम: आफ्नै खर्चमा दुईपटक पीसी आर गर्नुपर्ने


होटल बस्दाको खर्च र पीसीआर परीक्षणको शुल्क यात्रुले नै तिर्नुपर्ने

काठमाडौँ — विदेशबाट आउने यात्रुले आफ्नै खर्चमा अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने, दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने र त्यसको सबै खर्च सम्बन्धित व्यक्तिले नै व्यहोर्ने गरी नयाँ मापदण्ड जारी भएको छ ।

जनस्वास्थ्यका मापदण्ड पालना गरेर सातामा ५ वटा अन्तर्राष्ट्रिय उडान अनुमति दिने जेठ १३ गतेको निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले ‘नेपाली तथा विदेशी नागरिक विदेशबाट नेपालआउँदा पालना गर्नुपर्ने २८ बुँदे मापदण्ड–२०७८’ ल्याएको हो । सरकारले तोकेको क्वारेन्टाइन, होम क्वारेन्टाइन, यात्रुको व्यवस्थापन, होटल क्वारेन्टाइन अवधि व्यवस्थापन, होम क्वारेन्टाइन निगरानी र अन्य विषय समेटिएका ६ वटा क्षेत्रका २८ बुँदामा मापदण्डलाई समेटिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्रलगायत सम्बन्धित निकायको समन्वयमा मापदण्डको मस्यौदा बनाएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको थियो । मस्यौदालाई स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले मापदण्ड जारी गरेको हो । मापदण्डको पालना गर्नेलाई मात्रै नेपाल आउन अनुमति प्रदान गर्न विदेशस्थित कूटनीतिक नियोगहरूलाई परिपत्र गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले मापदण्ड कडाइका साथ पालना गर्न सबै निकायले आ–आफ्नोतर्फबाट संयन्त्रलाई क्रियाशील बनाएको बताए । मापदण्डको उल्लंघन गरिए कोभिड–संकट व्यवस्थापनसम्बन्धी अध्यादेशका प्रावधानअनुसार कैद र जरिवाना गरिने उनले जनाए । अब नयाँ मापदण्डअनुसार हवाईमार्गबाट नेपाल आउँदा सम्बन्धित विदेशी र नेपाली यात्रुले फोटो र बारकोड/क्यूआरकोडसहितको नेगेटिभ पीसीआर रिपोर्ट, १० दिन क्वारेन्टाइनमा बस्न होटल बुकिङ गरेको प्रमाणका आधारमा मात्रै विदेशबाट नेपाल आउन अनुमति दिइनेछ ।

मापदण्डअनुसार नेपाल आउने यात्रुले १० दिन होटल/क्वारेन्टाइनमा बस्दाको सबै खर्च आफैं व्यहोर्नुपर्नेछ । क्वारेन्टाइनमा बसेको ४ दिन र एघारौं दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ । खाडी मुलुक र मलेसियाबाट आएका नेपाली श्रमिकको हकमा भने ५ दिन क्वारेन्टाइनमा बसेर पीसीआर नेगेटिभ आएपछि गन्तव्यमा जान दिइनेछ ।

गन्तव्यमा जानुअघिको क्वारेन्टाइनमा बस्दाको खर्च पनि सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने व्यवस्था मापदण्डमा छ । सरकारी कामका सिलसिलामा विदेश गएर फर्किएका सरकारी कर्मचारी तथा सुरक्षाकर्मीले पनि पीसीआर परीक्षण र शुल्क आफैं व्यहोर्नुपर्नेछ । कूटनीतिक नियोगका कर्मचारी तथा उनीहरूका परिवारले सम्बन्धित दूतावासको सिफारिसअनुसार गन्तव्यसम्म जान पाउने छन् ।

उनीहरूलाई सम्बन्धित कार्यालयको सिफारिसमा १० दिन होम क्वारेन्टाइनमा बस्न जान अनुमति दिइनेछ । विदेशबाट आउनेलाई क्वारेन्टाइनका लागि होटलसम्म लैजाने, तोकिएको अवधिसम्म क्वारेन्टाइनमा बसे–नबसेको अनुगमन, क्वारेन्टाइनमा बस्दा बिरामी भएमा उपचारको व्यवस्था, अवधि पूरा गरेकालाई गन्तव्यसम्म जान सहजीकरण एवं मापदण्ड पालना नगर्ने होटल सञ्चालकलाई कारबाही सिफारिसलगायतको जिम्मा सीसीएमसीले गर्ने छ ।

त्यस्तै होटल/क्वारेन्टाइनको सूचीकरण गर्न पर्यटन विभागको समन्वयमा नेपाल पर्यटन बोर्डलाई दिइएको छ । घना बस्ती भएका कारण सुन्धारा, ठमेल, गोंगबु र कलंकी क्षेत्रका होटललाई कोभिड डेडिकेटेड क्वारेन्टाइन बनाउन रोक लगाइएको छ । क्वारेन्टाइनमा बसेको अन्तिम दिन पीसीआर रिपोर्ट पोजिटिभ आएमा कोभिड–संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तोकेको आइसोलेसन सेन्टर, तोकिएको अस्पताल वा होटल आइसोलेसनमा बस्नुपर्ने छ ।

काजकिरियाका लागि आएका, दीर्घरोगी, शारीरिक अशक्त र बिरामीसँगै आएका हेरालु/सहयोगी/कुरुवा, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, ५ वर्षमुनिका नाबालकसँगै आएका आमा/बाबुलाई भने स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी गन्तव्यमा जान दिइनेछ । काजकिरियामा आउनेले ११ दिन र अन्यले ४ र ११ दिनमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नुपर्ने छ । त्यसको अनुगमन स्थानीय तहबाट गरिने व्यवस्था मिलाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जेठ १८ देखि असार १६ सम्म सातामा ५ वटा अन्तर्राष्ट्रिय उडान गर्न नेपाल एयरलाइन्ससहित ४ वटा हवाई कम्पनीलाई अनुमति दिइसकेको छ ।

विदेशबाट हरेक बिहीबार टर्किस एयरलाइन्सलाई इस्तानबुल–काठमाडौं–इस्तानबुल, नेपाल एयरलाइन्सलाई सोमबार काठमाडौं–दोहा–काठमाडौं, सोमबारै कतार एयरलाइन्सलाई दोहा–काठमाडौं–दोहा, बुधबार नेपाल एयरलाइन्सलाई काठमाडौं–दिल्ली–काठमाडौं र हरेक हरेक शुक्रबार एयर इन्डियालाई दिल्ली–काठमाडौं–दिल्ली उडान अनुमति दिइएको छ ।

बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

भर्खरै

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ३.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ४.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ५.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ६.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ७.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ८.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.