निषेधाज्ञामा भोक र गर्मीले लिग्यो एक वृद्धको ज्या’न, सडक छेउमै कुर्चिमा अ’स्ता’ए
देवदहमा एक पुरुषको शव फेला परेको छ । देवदह – खैरेनी चोक नजिकै करिब ५५ वर्षीय पुरुषको शव मंङ्गलवार बिहान फेला परेको हो ।पातलो शरिर, कालो वर्णको, हलुका दाह्री पालेको, एक ब्यक्तिको शव भेटिएको तर तत्काल नामथर र ठेगाना नखुलेको प्रहरीले जनाएको छ। यद्यपि उनको बुटवल मजवार घर भएको शं`का गरिएको छ ।
उनलाई देवदह क्षेत्रमा केही दिनदेखि लौरी टेकेर हिडिरहेका अवस्थाम देखिरहेको स्थानीयले बताएका छन् । एक स्थानीयले भोक र गर्मीको कारण उनको मृ`त्यु भएको हुनसक्ने बताए ।
रुपन्देहीको देवदहमा एक पुरुषको वेवारिसे शव फेला परेको छ । मंगलबार अन्दाजी ५५ बर्षको जस्तो देखिने पुरुषको शव देवदह–५ खैरेनी बजार क्षेत्रमा फेला परेको हो । कुर्चीमा बसिरहेको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ । शव पोष्ट मार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिनु भयो । शवको पहिचान खुल्न सकेको छैन । थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।