काठमाडौं । अमेरिकाको वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई अनौठो उपहार प्याकेज ल्याएको छ । वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको हो ।
सोमबार घोषणा भएको उक्त कार्यक्रमको नाम ुजोइन्ट्स फर ज्याब्सु राखिएको छ। यसबाट युवाहरू कोरोना खोप लगाउन उत्प्रेरित हुने आशा गरिएको छ। खोप लगाउँदा गाँजा खान पाइने कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ।
वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन्। यसअघि अमेरिकाको एरिजोना राज्यले कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो। केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् । केहीले लाखौं डलरको चिठ्ठा राखेका छन्।
अमेरिकामा अप्रिलदेखि मानिसहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउने क्रम लगातर घटेको छ ।