चितवन, २३ जेठ । भरतपुरमा सात वर्षिया बालिका बलात्कृत भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार साँझ तिर भरतपुर महानगरपालिका–५ स्थित माछापुच्छ्रे चोक नजिकै घरमै रहेकी बालिकालाई भरतपुरमा बस्दै आइरहेका अन्दाजी ३८ वर्षका दीपक राईले बलात्कार गरेको आरोप लागेको हो ।
उनलाई प्रहरीले आज आइतबार विहान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बलात्कारको आरोपमा ती पुरुषलाई पक्राउ गरिएको जानकारी दिननुभयो । उहाँले भन्नुभयो “पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ, बालिकाको मेडिकल रिपोर्ट आएपछि अनुसन्धानले थप गति लिन्छ ।” उहाँले बालिकाको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिनुभयो ।
घरमा बालिकाका १० वर्षीय दाजु र आमा बसोबास गर्दै आइरहेका थिए । शनिबार साँझ आमा माइत गएको बेलामा घरमा पुगेका राइले बालकलाई बिस्कुट किन्न पठाएर बालिकालाई बलात्कार गरेको उनकाआफन्तले जानकारी दिए । उनका आफन्तले भने “राइ अन्य बेला पनि घरमा गइरहदो रहेछ, शनिबार घरमा कोही नभएको बेला बलात्कार गरेछ । उनले दोषीमाथि कडा कारवाही हुनुपर्ने माग राखे । बालिकाले विहानैदेखि बान्ता गरेपछि आफन्तले घटना बारे थाहा पाएका थिए ।
बालिकाका आफन्तका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दा बालिकाको पाठेघरमा रगत जमेको देखिएको छ ।