• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय समाचार

  • १. नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २. तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३. आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

रुपा मृत्यु प्रकरण:‘माया एउटासँग,बिहे अर्कैसँग’

जेठ ११ गते बुधबार अर्घाखाँचीकी एक चेलीको विवाह गरेको एक महिना भएको छ । दुर्भाग्य बुधबारनै उनको मृत्युको ११ औं दिनको पुण्य तिथी तथा कर्मकाण्ड गरिएको छ । गत बैशाख ११ गतेका दिन अर्घाखाँचीको पाणेनी गाउँपालिका–३ फिदिम आम्वोटका दामोदर पराजुलीकी २२ वर्षिया छोरी रुपा पराजुलीको पाल्पाको तानसेन नगरपालिका वडा नम्वर १२ स्थित अउल भन्ने टोलका २५ वर्षिय सुन्दर घिमिरेसँग मागी विवाह भएको थियो । दुर्भाग्य विवाहको २१औं दिनका दिन,जेठ २ गते विहान उनै बेहुली रुपा पाल्पास्थित घरदेखि १० मिटरको दूरीमा पर्ने रानीमहल होटल एण्ड रेस्टूरेण्टटको ट्रसमा नाम्लाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

माइती पक्षले छोरी रुपाको कसैले हत्यागरी झुण्डाई दिएको आरोप लगाउँदै आएका छन् । हामीले यस घटनाको बारे बुुझ्दैजाँदा विवाह नहुनु अघिसम्म रुपाको अर्कै एक युवासँग प्रेम सम्बन्ध रहेको कोणलाई पनि माइती पक्षको स्वीकृतीमा उठान गरेका छौं । बुधबार मृतक रुपाका श्रीमान सुन्दर घिमिरेसँग सम्पर्क राख्दा उनका दाजु टंकनाथ घिमिरेले फोन उठाउँदै भने ‘भाई आज११ दिनको पुण्य तिथीको ब्यवस्ततामा छन्।’ घटनाका बारेमा प्रहरीबाट अनुसन्धान हुँदै गरेकोले आफू यो भन्दा धेरै नबोल्ने उनले बताए। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसी रामेश्वर त्वातीले मेडिकल रिर्पोट नआई सकेकोको र घटनाको अनुसन्धान भई रहेको छोटो प्रतिकृया दिए ।

अर्घाखाँची कै वाङला स्थित मृतक रुपमाका भिनाजु दिपक भुसाललाई मृत्यु हुनुको अघिल्लो दिन साँझ ४ बजेतिर रुपाले फोन गरेर घरमा आमा बुवा र दिदीसँग नभन्ने भए एउटा कुरा भन्छु भिनाजु भनेर भनेकी थिइन् । उनले गोप्य राख्ने सर्तमा आफ्ना नवदुलाह बारे सोंचे जस्तो नरहेको बताउादै रोएको भिनाजु भुसालले बताए । मृतक रुपाका बाबु दामोदर पराजुलीले भने छोरी आफैले झुण्डिएर आत्महत्या नगरेको दाबी गर्दै कसैले हत्या गरेर झुण्डाएको आरोप लगाएका छन् । ‘होटलको ट्रस करिब ९ मिटर उचाईमा रहेकोले छोरी त्यति अग्लो ठाउँमा कसरी नाम्लाको पासो लगाएर झुण्डिन सक्थिन ?’उनले यस्तो प्रतिप्रश्न गदै ज्वाँइसंग राम्रो सम्बन्ध नभएको बताउँछन् ।

उनका अनुसार गाउँकी फर्शुवा टाकुरामा कक्षा १२ को परीक्षा दिएर बसेकी रुपालाई आफ्नी सानीमाले तानसेनका सुन्दर घिमिरे र उनका दाजुलाई फागुन महिनामा मगनीका लागि ल्याएर आएकी थिइन् । त्यस महिनामा लगन नभएको भन्दै बैशाख ११ गते विवाह गरिएको थियो ।धुर्पाईलो फर्काउन दुबै बेहुला बेहुली हाँसी–खुशी आएर फर्केका थिए । जेठ ४ गते आउँछु मम्मी भन्दै हिाडेकी छोरी माइत आउन नपाई ज्यान गएको र आफूहरु अन्यायमा परेको पीडा सुनाउँदै आमा बोमकला पराजुलीले विवाहको २१ दिनमै छोरी गुमाउँदाको बिलौना पोखिन् ।

त्यस दिन घटना स्थलमा पुगेका पाल्पाका एक जना पत्रकारले नाम नबताउने सर्तमा आत्माहत्याको रहस्य अरु पनि हुन सक्ने दाबी गरे । फोनमा कल रेकर्ड , टिकटक आदि बाट उनको माया एउटासँग विवाह अर्कैसँग भएको पाइएको उनको दावी छ । यसबारे रुपाका बाबुुले भने ‘छोरीले आमासँग केहि ढाट्दैनथिन् वलकोटका एकजना युवासँग फेसबुकमा चिनजान भई फेसबुकमै बोलचाल हुँदोरहेछ । एकदिन त्यो युवालाई आमासँग चिनाएपछि उनी त तिम्रो दाजु पर्छ भनिन् र त्यस पछि उनीहरु बीच दाजु–बहिनीको रुपमा बोलचाल हुन्थ्यो । अरु त्यस्तो नराम्रो सम्बन्ध केहि थिएन।’

माया एउटासँग विहे अर्कैसँग…
रुपासँग प्रेम सम्बन्ध रहेको भनिएकाअर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ वलकोटका युवाले नाम गोप्य राख्ने सर्तमा रुपा र आफूू बीचको प्रेम सम्बनध बारे बोले । उनले भने हो‘हो हामी बीच मंसिर महिनादेखि फेसबुकमार्फत गहिरो प्रेम सम्बन्ध थियो । हाम्रो भेटघाट भने हुन पाएको थिएन । म बुटवल थिएँ । उनी पाल्पा तिर बसेर पढ्दी रहिछन्। उनलाई केटो माग्न आएर विवाह गराई दिन लागेका छन् भन्ने कुरा पनि थाहा थियो। उनले रुँदै विवाहमा आउन आग्रह पनि गरेकी थिइन् । विवाहपछि पनि उनले मलाई रुँदै फोन गरेकी थिइन् । श्रीमानले रक्सी चुरोट खाने गरेको भन्दै उनी रुन्थिन्।’

उनले आफूहरु बीच पहिले प्रेम सम्बन्ध भएको र पछि दाजु–बहिनी भनेपछि पनि उत्तिकै आत्मियता निरन्तर रहेको तर, भेट्न नपाई बिदा भयो भन्दै दुःख व्यक्त गरे । उनले गलाअवरुद्ध पार्दै भने ‘ रुपा र म बीचको सम्बन्ध माया एउटासँग बिहे अर्कैसँग…बोलको गीतसँग मेल खायो । मलाई पाल्पा प्रहरीले पनि बोलाएर सोधपुछ गरे मैले जे थियो त्यही नै भनेँ ।’

उता विवाहको २१ दिनमै नवदुलही गुमाउने श्रीमान र उनको परिवारपनि निकै पीडामा रहेको परिवारलाई नजिकबाट चिन्नेहरुले बताएका छन्। एउटा कोणबाट त्रिकोणत्मक सम्बन्धको तनावमा उनले आत्माहत्या गरिन कि भन्ने लागेपनि अर्को कोणबाट वा माइतीको आशंका अनुसार उनको मृत्यु रहस्मय पनि हुन सक्छ । विवाहको २१ दिन मै छोरीको गुमराह मृत्युको सत्यतथ्य प्रहरीले बाहिर नल्याउँदा माइतीजन थप पीडामा छ । छिटो भन्दा छिटो घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रहरी समक्ष माइती पक्षले माग राखेका छन् ।

आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा
डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ४.
    भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

  • ५.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • ६.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.