• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख २५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

लोकप्रिय समाचार

  • १. कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ३. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४. चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ५. वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८. बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ९. रास्वपा सचिवालयको बैठक बस्दै

  • १०. विश्व हाँसो दिवस मानाउँदै

भरतपुरमा निषेधाज्ञामा पनि धमाधम बन्दै सिटीहल


चितवन जिल्लामा निषेधाज्ञाको अवधिमा पनि सिटीहलको काम भने धमाधम भइरहेको छ । सर्वसाधारण घरभित्रै सीमित हुँदै गर्दा सिटीहलमा कामदार धमाधम काममा जुटेका हुन् । सिटीहल निर्माणको काम हेर्दै आउनुभएका सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जीनियर प्रविन यादव निधेषाज्ञामा पनि काम नरोकिएको बताउनुहुन्छ । निषेधाज्ञा घोषणासँगै केही कामदार कर्मचारी घर गएको भए पनि दैनिक ६० जनाले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । निषेधाज्ञाअघि १५० हाराहारी कामदारले काम गरिरहेका थिए ।

गत पुस ६ गतेबाट शुरु भएको सिटीहलको हालसम्म १६ प्रतिशत काम सम्पन्न भएको छ । सिटीहल निर्माण समयमा नै सक्ने लक्ष्यका साथ काम गरिरहेको उहाँको भनाइ छ । बालुवा, गिट्टी, रड, सिमेन्टजस्ता निर्माण सामग्रीको अभाव नरहेको यादवले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक बिहान ७ देखि राति १० बजेसम्म काम भइरहेको छ । साँझको समयमा बत्ती बालेर पनि काम गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यका साथ आवश्यक सम्पूर्ण सहयोग महानगरले गरिरहेको बताउनुभयो । भरतपुर महानगरपालिका–१ ठिमुरामा क्रसर स्थापना गरेर सबै समयमा काम गर्नका लागि सहजीकरण गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले तोकेको समयमा काम सम्पन्न गर्नुपर्छ । जे आवश्यक पर्छ सहयोग गर्छाैँ भनेका छौँ ।”

यो आयोजना देशकै गौरवको आयोजना भएकाले समयमै सम्पन्न गर्न सबैको साथ र सहयोगको पनि उहाँले अपेक्षा गर्नुभयो । निर्माण कम्पनीले हालसम्म समयमै सक्ने लक्ष्यका साथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिकामा परियोजना पारेर जग्गाको व्यवस्थापन गर्न ठूलो मेहनत परेको भन्दै उहाँले यो गौरवको आयोजना समयमा सम्पन्न गर्न महानगरले सबै खालका सहयोग गर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निर्माण परिसरमा कामदार कर्मचारी रहने गरी निषेधाज्ञामा काम गर्न भनिएको जानकारी दिनुभयो । स्थानीय प्रशासनबाट निर्माणको काममा आवश्यक सहजीकरण गरिएको उहाँको भनाइ छ । २७ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी गत वर्षको मङ्सिर १८ गते निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीसँग ठेक्का सम्झौता भएको थियो । जेभीका परियोजना प्रमुख श्यामचन्द्र श्रेष्ठले स्थानीय प्रशासनको सहयोगका कारण काम रोक्नु नपरेको बताउनुभयो । भरतपुर महानगरपालिका र जिल्ला प्रशाासन कार्यालयसँग समन्वय गरेर बिहानदेखि साँझ अबेरसम्म काम गरिएको उहाँको भनाइ छ ।

जिल्ला समन्वयन समितिको भवन पछाडि रहको चार बिघा चार कठ्ठा जग्गामा सरकारको बहुवर्षीय योजनाअन्तर्गत सिटीहल निर्माण भइरहेको हो । दुई हजार जना क्षमताको ठूलो सभाहल तथा ३०० जना क्षमताको सानो हलसहित अति विशिष्टकक्ष निर्माण गरिने छ । मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम रु एक अर्ब छ करोडको रहेकामा रु ७७ करोड ७७ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुईवटा भ¥याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहनेछन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उहाँले जानकारी दिनुभयो । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुडल्याण्ड, बगँैचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ । उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सिटीहल देशकै नमूना हुने अर्याल बताउनुहुन्छ । जिल्लामा ठूलो सभाहल नहुँदा महत्वपूर्ण कार्यक्रम हुन सकिरहेको छैन । देशकै मध्यभागमा भएकाले सभाहल बनेसँगै यहाँ ठूला कार्यक्रम हुने अपेक्षा गरिएको छ ।
–––

शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन
अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

लोकप्रिय

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ५.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

  • ३.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ४.
    आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.