चितवन मेडिकल कलेजमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कलेजले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार अस्पतालमा मृत्यु हुनेमा ५ पुरुष र ३ महिला रहेका छन् ।
अस्पतालमा आईसीयूमा उपचाररत गम्भीर बिरामीको संख्या भने कमी आएको चितवन मेडिकल कलेजले जानकारी दिएको छ । चितवन मेडिकल कलेजमा आईसीयूमा बिरामीको संख्या १५९ सम्म पुगेको थियो तर विगत २४ घण्टाको तथ्यांकमा गम्भीर बिरामीको संख्या घटेर १०८ जनामा झरेको छ ।
त्यसैगरी अस्पतालमा भेन्टिलेटरमा ३४ जना बिरामी उपचाररत छन् । विगत २४ घण्टामा अस्पतालका कुनै पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन् । त्यस्तै विगत २४ घण्टामा १७ जना बिरामी डिस्चार्ज भएको चितवन मेडिकल कलेजले जनाएको छ ।