भरतपुर महानगरपालिकाले कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको दाहसंस्कारका लागि निःशुल्क शवबाहन र दाउरा उपलब्ध गराउने भएको छ । महानगरबसी तथा जिल्लाका कोबिड १९ को संक्रमणबाट उपचारको क्रममा ज्यान गुमाउने व्यक्तिलाई महानगरको तर्फबाट शवबाहन निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको हो ।
महानगरले आज एक बिज्ञप्ती जारी गर्दै कोरोनाबाट मृत्यु हुनेहरुको दाहसंस्कारका लागि शवबाहन निःशुल्क गर्नुको साथै अन्त्यष्टी कार्यको लागि दाउरा खरिदमा लाग्ने रु ३ हजार पनि महानगरलेनै उपलब्ध गराउने निर्णय गरेको जनाईएको छ ।
भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीद्वाराहस्ताक्षरिकबिज्ञप्तीमा भनिएको छ, पछील्लो समय दैनिक रुपमा बिरामीहरुको मृत्यु हुन गई पीडित परिवार तथा आफन्तहरुलाई शव व्यबस्थापन र दाहासंस्कारमा समेत आर्थिक समस्या पर्न गएको पिडामा राहात प्रदान गरी उत्तरदायि स्थानिय सरकारको जिम्मेवारी वहन गरी कोरोनाबाट मृत्यु हुनेहरुको दाहसंस्कारका लागि शवबाहन निःशुल्क उपलब्ध गराउने व्यबस्थापन गरिएको बताएको छ ।
भरतपुर महानगरपालिकाले यस भन्दा अगाडि कोभिड १९ का बिरामीहरुलाई घरबाट अस्पताल लैजान / ल्याउन ३ वटा एम्बुलेन्स मार्फत निशुल्क सेवा प्रदान गर्दै आएको छ ।