पर्वतमा थप १ संक्रमीतको मृत्यु, कुल मृत्यु संख्या १८ पुग्यो
पर्वतमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा पैयुँ गाउँपालिका वडा नम्बर ७ का ६१ वर्षीय एक पुरुष रहेका छन् ।
उनको आइतबार बिहान आफ्नै घरमा मृत्यु भएको पैयुँ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिम गुरुङले जानकारी दिए। वैशाख २४ गते स्वाव परिक्षण गर्दा उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
त्यसपछि उनलाई घरमै राखिएको पैयुँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुण्य न्यौपानेले बताए । अवस्था सामान्य भएपछि घरमै रहेका उनको एक्कासी मृत्यु भएको परिवार श्रोतले जनाएको छ ।
यो संगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८ पुगेको छ ।