• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा अक्सिजनको अभाव

कोभिड–१९ जटिल सङ्क्रमितलाई उपचार गर्न जिल्लामा अक्सिजन अभाव हुन थालेको छ । बाहिरी जिल्लाबाट अक्सिन आउन छाडेपछि यहाँका अस्पतालमा माग अनुसार अक्सिजन नपुगेको हो ।

जिल्लामा कोरोनाका उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजका आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा रहेको छ । पछिल्लो समय बिरामीको सङ्ख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दैनिक एक हजार २०० सिलिण्डर जिल्लाका अस्पतालमा आवश्यक पर्दछ । यहाँको चार अस्पताल र एउटा निजी उद्योगको गरी ८८० सिलिण्डर मात्रै उत्पादन हुँदै आएको छ । दैनिक ३२० सिलिण्डर अक्सिजन जिल्लामा अपुग भएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर अस्पतालले दैनिक ७५ सिलिण्डर उत्पादन गर्दछ भने २०० खपत गर्दछ । चितवन मेडिकल कलेजको ४०० सिलिण्डर खपत रहेको छ भने उत्पादन ७५ सिलिण्डर मात्रै छ । कलेज अफ मेडिकल साइन्सेसलाई आवश्यक पर्ने ३५० सिलिण्डर आफै उत्पादन गर्दछ । बीस सिलिण्डर अक्सिन उत्पादन गर्ने वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको खपत दैनिक एक सय सिलिण्डर रहेको छ ।

निजी अस्पतालले दैनिक १०० सिलिण्डर र अन्य प्रयोगमा ५० सिलिण्डर खपत हुँदै आएको छ । जिल्लामा रहेको एक मात्रै स्वर्गद्वारी अक्सिजन उद्योगले दैनिक ३६० सिलिण्डर उत्पादन गर्दछ ।

जिल्लाको तथ्याङ्कलाई हेर्दा यहाँका अस्पताल र घरायसी प्रयोगनका लागि ६८० सिलिण्डर दैनिक अभाव हुने गरेको छ । स्वर्गद्वारीको उत्पादन ३६० सिलिण्डर भए पनि दैनिक ३२० सिलिण्डर बाहिरी जिल्लाको भर पर्नु परेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यस अघि काठमाडौं र रुपन्देहीमा प्लान्ट भएको शंकर ग्याँस उद्योग र परवानीपुरमा प्लान्ट भएको भाजुरत्न इञ्जिनियरिङ एण्ड सेल्सबाट अक्सिजन आउने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार ती उद्योगबाट अहिले आउन रोकिएपछि जिल्लामा समस्या आएको हो ।

भरतपुर अस्पतालमा शंकर ग्याँसले वर्षदिनभरका लागि बोलपत्र सकारेको भए पनि ग्यास दिन नसक्दा समस्या भएको छ । उद्योग रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आफूले निरन्तर रुपमा ग्याँस पठाईदिन अनुरोध गरेको भए पनि नआउँदा समस्या भएको उहाँको भनाइ छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बिरामी बचाउनै मुस्किल हुने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो “सिलिण्डर खोजेर अहिलेसम्म धानिरहेका छौं, अस्पतालमा कोभिडको श्यया विस्तार गर्ने योजना बनाएको भए पनि अक्सिजनको अभावका कारण समस्या भएको छ । ”

जिल्लाका अस्पतालमा ५० प्रतिशतभन्दा बढी बाहिरी जिल्लाका संक्रमित उपचार गराईरहेका छन् । छिमेकी जिल्लाबाट संक्रमित पठाउने तर अक्सिजन आउन नदिने हुँदा समस्या भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जिल्लामै अक्सिजनको अभाव भएपछि बाहिर जिल्लामा पठाउन नसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यहाँको अवस्थाको बारेमा तपाईहरुलाई थाहै छ, मैले के भनौं ?” रासस

शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.