• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालनः नेपाल प्रहरी

बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद

बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन

लोकप्रिय समाचार

  • १. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • २. इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ३. गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ४. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • ५. ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ६. नव जागरण ग्रामीण विकास केन्द्रको अध्यक्षमा डुण्डिराज कंडेल ‘विनोद’ सर्वसम्मत

  • ७. अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी ‘इसायस’को प्रहार, लाखौं घरमा विद्युत् अवरुद्ध

  • ८. बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो

  • ९. पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

  • १०. आज मिति २०८३ साल असोज १९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा अक्सिजनको अभाव


कोभिड–१९ जटिल सङ्क्रमितलाई उपचार गर्न जिल्लामा अक्सिजन अभाव हुन थालेको छ । बाहिरी जिल्लाबाट अक्सिन आउन छाडेपछि यहाँका अस्पतालमा माग अनुसार अक्सिजन नपुगेको हो ।

जिल्लामा कोरोनाका उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजका आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा रहेको छ । पछिल्लो समय बिरामीको सङ्ख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दैनिक एक हजार २०० सिलिण्डर जिल्लाका अस्पतालमा आवश्यक पर्दछ । यहाँको चार अस्पताल र एउटा निजी उद्योगको गरी ८८० सिलिण्डर मात्रै उत्पादन हुँदै आएको छ । दैनिक ३२० सिलिण्डर अक्सिजन जिल्लामा अपुग भएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर अस्पतालले दैनिक ७५ सिलिण्डर उत्पादन गर्दछ भने २०० खपत गर्दछ । चितवन मेडिकल कलेजको ४०० सिलिण्डर खपत रहेको छ भने उत्पादन ७५ सिलिण्डर मात्रै छ । कलेज अफ मेडिकल साइन्सेसलाई आवश्यक पर्ने ३५० सिलिण्डर आफै उत्पादन गर्दछ । बीस सिलिण्डर अक्सिन उत्पादन गर्ने वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको खपत दैनिक एक सय सिलिण्डर रहेको छ ।

निजी अस्पतालले दैनिक १०० सिलिण्डर र अन्य प्रयोगमा ५० सिलिण्डर खपत हुँदै आएको छ । जिल्लामा रहेको एक मात्रै स्वर्गद्वारी अक्सिजन उद्योगले दैनिक ३६० सिलिण्डर उत्पादन गर्दछ ।

जिल्लाको तथ्याङ्कलाई हेर्दा यहाँका अस्पताल र घरायसी प्रयोगनका लागि ६८० सिलिण्डर दैनिक अभाव हुने गरेको छ । स्वर्गद्वारीको उत्पादन ३६० सिलिण्डर भए पनि दैनिक ३२० सिलिण्डर बाहिरी जिल्लाको भर पर्नु परेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यस अघि काठमाडौं र रुपन्देहीमा प्लान्ट भएको शंकर ग्याँस उद्योग र परवानीपुरमा प्लान्ट भएको भाजुरत्न इञ्जिनियरिङ एण्ड सेल्सबाट अक्सिजन आउने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार ती उद्योगबाट अहिले आउन रोकिएपछि जिल्लामा समस्या आएको हो ।

भरतपुर अस्पतालमा शंकर ग्याँसले वर्षदिनभरका लागि बोलपत्र सकारेको भए पनि ग्यास दिन नसक्दा समस्या भएको छ । उद्योग रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आफूले निरन्तर रुपमा ग्याँस पठाईदिन अनुरोध गरेको भए पनि नआउँदा समस्या भएको उहाँको भनाइ छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बिरामी बचाउनै मुस्किल हुने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो “सिलिण्डर खोजेर अहिलेसम्म धानिरहेका छौं, अस्पतालमा कोभिडको श्यया विस्तार गर्ने योजना बनाएको भए पनि अक्सिजनको अभावका कारण समस्या भएको छ । ”

जिल्लाका अस्पतालमा ५० प्रतिशतभन्दा बढी बाहिरी जिल्लाका संक्रमित उपचार गराईरहेका छन् । छिमेकी जिल्लाबाट संक्रमित पठाउने तर अक्सिजन आउन नदिने हुँदा समस्या भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जिल्लामै अक्सिजनको अभाव भएपछि बाहिर जिल्लामा पठाउन नसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यहाँको अवस्थाको बारेमा तपाईहरुलाई थाहै छ, मैले के भनौं ?” रासस

शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो
गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण
कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?
बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

लोकप्रिय

  • १.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • २.
    इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ३.
    गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ४.
    कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • ५.
    ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ६.
    नव जागरण ग्रामीण विकास केन्द्रको अध्यक्षमा डुण्डिराज कंडेल ‘विनोद’ सर्वसम्मत

भर्खरै

  • १.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • २.
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

  • ३.
    गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ४.
    लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आर द्वारा गैंडाकोटका बाढी पीडितलाई राहत सामग्री वितरण

  • ५.
    कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • ६.
    बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति

  • ७.
    बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालनः नेपाल प्रहरी

  • ८.
    बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.