समाजसेवि शिव पोख्रेल ले कोठा भाडा नलिने घोषणा गरेका छ्न ।कोरोना भाईरस (कोभिड–१९) बाट सबै अस्तव्यस्त भएकाे बेला बुटवल तिलाेतमा नगरपालिका-३ नगरपालिका मा रहेको घरको चैत्र महिनाको घर भाडा नलिने बताएका हुन ।
बुटवल -६ ज्योति पथमा व्यवसाय गर्दै आएका समाज सेवि पोख्रेल ले एक वर्ष लकडाउ लम्बिने भयो भने आफूले घर भाडा नलिने बताएका छन ।”कोरोनाले सबै क्षेत्र अस्तव्यस्त भएको यस्तो अवस्थामा प्रचारप्रसार नभएर मानवताको निम्तिपनि मैले घर भाडा नलिने घोषणा गरेको हु ” पोख्रेलले बताए ।
पछिल्लो समय टिकटक मा भाइरल बनेका पोख्रेलले यस्तो अवस्थामा प्रत्येक घर धनीले छुट गर्न समेत आफुले अनुरोध गरेका छन। उता महानगरपालिकाका प्रमुख भीम पराजुली मोटरसाइकलमा यात्रा गर्न थालेका छन् । कोरोना सङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्सका रूपमा प्रयोग आफ्नो निजी गाडी दिएका उनी शनिबार मोटरसाइकलमा दैनिक काममा निस्किएका हुन् ।
मेयर पराजुलीले शुक्रबार आफूले प्रयोग गर्दै आएको को१झ ४९४ नम्बरको टोयटा फर्च्युनर गाडीलाई जनसेवामा समर्पित गर्ने निर्णय गरेका थिए । यस्तै नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपाने चढ्ने बा१५च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० पनि एम्बुलेन्सका रूपमा महानगरलाई उपलब्ध गराएको छ ।
कोरोना भाइरस रोकथाम तथा निययन्त्रणका लागि मेयर दिन–रात खटिरहेका छन् । पहिलो लहरको कोरोना महामारीमा पनि एम्बुलेन्स लिएर सङ्क्रमितको घर–घर पुगेका थिए । दोस्रो लहरको कोरोना महामारीका बेला महानगरपालिका प्रमुख पराजुलीले ग’म्भीर प्रकृतिका कोरोना सङ्क्रमितका लागि घर–घर अक्सिजनको सि’लिन्डर पु¥याइरहेका छन् ।