• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

लोकप्रिय समाचार

  • १. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २. आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ५. आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

पूजा कार्कीः जसलाई नजिकिएका ‘साथी’ले जिउँदै मट्टितेल छर्केर आगो लगाइदिए


चक्रबहादुर कार्की जसले दैनिक ज्यालादारी काम गरेर पाँच जनाको परिवार पाल्दै आएका थिए । उनी सधैंझै कामकाे खाेजी गर्दे काम गर्ने गर्थे । अचानक उनलाइ एउटा मोबाइलबाट फोन आयो र त्यसपछि उनले उठाए, जब उनले फाेन उठाए, उठाउने बित्तिकै आवाज आयो, ‘तपाइँको छोरीको शरीरमा आगो लागेको छ। उनले त्याे शब्द सुन्ने बितिक्कै एकदमै सिरियस अवस्थामा पुगे। तपाई तुरुन्तै अस्पताल आउनु पर्यो।’

फोन राम्रोसँग सुनिएन उनले विस्तारमा बुझेनन् । यत्ति बुझे उनकी छोरी संकटमा छिन् र यत्ति बुझ्नु उनलाई साँखुको सुष्मा कोइराला मेमोरियल अस्पतालतर्फ दौडिनको लागि पर्याप्त थियो । अस्पतालमा उनकी छोरी चिन्न नसकिने अवस्थामा थिइन् । जलेर अनुहार क्षत विक्षत भएको थियो । छोरीको विभत्स अवस्था देखेर निराश भए। होस हवास उड्यो। डाक्टरले भने ‘ढिलो किन गर्नुभयो ? तुरुन्त आइसियूमा राख्नु पर्छ। भेन्टिलेटर लिनुपर्छ ।’

महिला हिं साका घटना समाचारमा थाहा पाउने गरेका कार्कीलाई आफ्नै छोरीमाथि बज्रपात पर्दा निराशाले छोपेको छ । ‘छोरीलाई यस्तो विभत्स अवस्थामा पुर्याउने अप राधीलाई हदैसम्मको कार वाही हुनुपर्छ। मेरी छोरीलाई भाग्यले बचायो। उनका साथीहरु तुरुन्तै आएर अस्पताल नपुर्याएको भए जेसुकै हुन सक्थ्यो’ किर्तिपुर अस्पतालमा छोरीको उपचार गराइरहेका कार्की भन्छन् ।

सुष्मा कोइराला मेमोरियल अस्पतालबाट किर्तिपुर अस्पताल रिफर गरिएकी सोलुखुम्बु दुधकोशी गाउँपालिकाकी पूजा कार्की अहिले बोल्न नसक्ने अवस्थामा छिन् । ५ दिनसम्म आइसीयूमा राखेर उपचार गरेपछि उनलाई अहिले आइसीयूबाट बाहिर निकालिएको छ । उनी अस्पताल भर्ना भएको १२ दिन बितिसकेको छ। १९ वर्षकी पूजा कक्षा १२ की विद्यार्थी हुन् । उनी परिवारसहित जोरपाटीमा बस्दै आएकी छिन् ।

चैत ८ गते आइतबारको दिन पूजा कोठामै थिइन् । लञ्जमा पाहुनालाई स्वागत गर्ने काम गर्ने पूजाको काम बेलुकीको समयमा हुन्छ । रातमा काम गरेकी उनी बिहान सुतिरहेकी थिइन् । बिहानको ९ बजेतिर पाजी भनिने सुरज श्रेष्ठ कोठामा आए । थाकेकी पूजाले आफू थकित भएको बताइन् । त्यसपछि सुरजले उनलाई कुटपिट गर्न थाले ।

सुरज र पूजाको चिनजान सामाजिक संजालबाट भएको थियो । केही समयअघि पुजालाई फेसबुकमा रिक्वेस्ट आयो उनले एसेप्ट गरिन् । चिनजान पनि भयो । अहिले भने पूजा आफूले मान्छे चिन्न गल्ती गरेको महसुस गर्छिन् । फेसबुकमा चिनजानपछि उनहिरुबीच कुराकानी हुन थाल्यो ।

सुरुमा सुरजको व्यवहार राम्रै थियो । तर, पछि सुरज उनीप्रति अलि बढी नै आशक्त हुन थाले । कोठामा, कलेजमा, काम गर्ने ठाउँसम्म समेत पिछा गर्न थाले । सुरज लागूपदार्थका दुर्व्यसनी पनि हुन् । उनी यसअघि सुधार केन्द्रमा समेत बसेर फर्किएका हुन् ।

सुरजले अनावश्यक तनाब दिन थालेपछि पूजाले उनीबाट टाढिन खोजिन् । तर, सुरज टाढिन चाहेनन् । बरु उनी थप हिंस्रक हुन थाले । पहिले पनि सुरजले पूजालाई मारिदिएर आफू पनि मर्ने धम्कीसमेत दिइसकेका थिए । पूजालाई घरपरिवारको आर्थिक स्थितिको चिन्ता थियो त्यसैले उनले पनि काम गर्न थालेकी थिइन् ।

सुरजले भने उनलाई कहीँ पनि सुख दिँदैनथे । सुरजको एकोहोरो व्यवहारले दिक्क भएकी पूजा टाढिँदै जान थालेपछि उनहिरुबीच विवाद सुरु भएको थियो । यही विवादका बीच पूजाको कोठामा आएका सुरजले उनलाई धम्की दिने, ब्ल्याकमेल गर्ने गर्न थाले । पूजाले प्रतिवाद गरिन्, सुरज झन् आक्रोशित भए । यत्तिकैमा सुरजले हातमा चक्कु लिए ।

आत्तिएकी पूजा घरबाट बाहिर निस्किन खोजिन् । दुवैबीच चक्कु खोसाखोस भयो । ‘उसले जबर्जस्ती गर्दा मेरो निधारमा चक्कु लाग्यो। अत्याधिक रगत बग्न थाले पछि म कराउन थालेँ। त्यहीबेला उसले नजिकै रहेको मट्टितेल मेरो शरीरमा छर्कियो र आगो लगायो’ पूजाले घटना सम्झिइन् ।

आगो लागेपछि पूजाले आगो निभाउन थालिन्, सुरज हेरेर बसे । ‘धन्न साथीकोमा फोन लाग्यो। यदि त्यो दिन तत्काल मेरो साथी नआएको भए मलाई जे पनि हुन सक्थ्यो’ पूजाले भनिन् । पूजाले आफ्ना आमाबुवालाई धेरै तनाव नदिउँ भनेर सुरजले लगातार धम्की दिँदा पनि आमाबुवालाई बताएकी थिइनन् ।

यो कुराले उनलाई आज पछुतो लागिरहेको छ । ‘यदि त्यो चक्कु मेरो आँखामा लागेको भए …’ घटना सम्झेर उनी अझै तर्सिन्छिन् । आफ्नो अस्मिता लुटिएको र ज्यान मा र्ने कोसिस गरिएको छ भन्दै पूजा भन्छिन् ‘यस्ता मान्छेलाई हदै सम्मको कारवाही होस्। यो अवस्था अरु दिदीबहिनीहरुको नहोस्।’

घटना अनुसन्धानको क्रममा छः प्रहरी

घटना भएको करिब २ साता हुन लागेको छ। महानगरीय प्रहरी परिसर टेकुले यो विषयमा प्राथामिकताका साथ छानबिन भइरहेको बताएको छ। प्रवक्ता डिएसपी सुशील सिंह राठोरले केटा पक्षले घटना घटाएको हुनसक्ने प्रारम्भिक अध्यनबाट अनुमान गर्न सकिने बताए। उनले घटनाका आ रोपी अस्पताल भर्ना भएकाले पक्राउ नगरिएको तर, आरोपीलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए।

मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

लोकप्रिय

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ५.
    आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ५.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ८.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.