×
शुक्रबार, साउन ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • २. मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३. आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ४. सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ५. भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ६. आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

  • ७. आहा ! ढोरपाटन

  • ८. देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

  • ९. कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

  • १०. रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु

कोरोना संक्रमण बढ्दो, थेग्नै नसक्ने स्थितिमा सरकार स्वास्थ्य मन्त्रालयले भन्यो– ‘अब संक्रमितलाई अस्पतालमा बेड छैन’


वीर अस्पतालमा एपेन्डिक्सको शल्यक्रिया गर्ने क्रममा बिहीबार रेनुका केसी आचार्यलाई कोरोना संक्रमण रहेको पत्ता लाग्यो । शल्यक्रियालगत्तै उनलाई कोभिड वार्डमा भर्ना गरियो । तर २४ घण्टा बित्दा पनि कुनै चिकित्सकले खोजखबर गरेनन् । आचार्यसँगै सो वार्डमा अन्य २५ जना कोरोना संक्रमित छन् । ती सबैका आफन्तको एउटै गुनासो छ– ‘चिकित्सक छन्, नर्स पनि छन् तर संक्रमितलाई छुन मानिरहेका छैनन् ।’

वीरमा मात्रै होइन, काठमाडौं उपत्यकाका प्रायः सबै कोभिड अस्पतालमा अहिले कोरोना संक्रमितको चाप थेगिनसक्नु छ । आफन्तको आकांक्षा पूरा गर्न चिकित्सकलाई हम्मे परिरहेको छ । सरकारी अस्पताल होस् वा निजी, सबैले आफ्नो क्षमताभन्दा माथि नै कोरोना संक्रमितको उपचार गरिरहेका छन् । काठमाडौंमा कोरोना संक्रमितलाई बेड मात्र नभई केहीथरी औषधिको पनि संकट पर्ने देखिएको छ । यही अनुपातमा संक्रमितको संख्या बढ्दै गए उपत्यकाका जेनेरल अस्पतालले कोरोना संक्रमितका लागि सबै बेड छुट्याए पनि धान्न कठिन पर्ने भएको छ ।

कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । यो भनाइबाट सरकारले महामारी नियन्त्रणमा हात उठाएको हो रु भन्ने प्रश्न उठेको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै काठमाडौं उपत्यकासहित २२ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको जनाएको हो । शुक्रबार मात्रै मुलुकभर ५ हजार ७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ हजारभन्दा बढी काठमाडौं उपत्यकामा छन् ।

मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जारी गरेको अपिलमा संक्रमण रोकथामका लागि सबैलाई जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ । कुनै पनि मार्गबाट देशविदेश जानेआउने वा आन्तरिकरबाह्य पर्यटनका लागि कहींकतै जाने काम पूर्ण रूपमा नगर्नरनगराउन पनि अपिल गरिएको छ । सार्वजनिक स्थलमा नजान र भीडभाड नगर्न पनि भनिएको छ । ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबै जना संवेदनशील बनिदिनुहुन अनुरोध छ,’ अपिलमा भनिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले मन्त्रालयले जारी गरेका निर्देशन तथा आदेशको पालना सर्वसाधारणले नगरेकै कारण यो अवस्था आएको बताए । ‘यो अवस्था आयो भन्नु हाम्रो बाध्यता हो । हामीसँग अब धेरै विकल्प बाँकी छैन,’ उनले भने । ‘अब पनि लकडाउन र जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने हो भने झनै भयावह अवस्था आउन सक्छ,’ उनले भने ।

जनस्वास्थ्यविद् डा। दिनेश न्यौपानेका अनुसार सरकारले आजभन्दा पनि भोलिको अवस्थालाई ख्याल गरेर स्वास्थ्य संयन्त्रले धान्न नसक्ने अवस्था आयो भनेको हुन सक्छ । ‘संक्रमण घटेन भने अस्पतालको क्षमता जति नै बढाए पनि त्यसले धान्न सक्दैन,’ उनले भने, ‘हाम्रो देशमा अस्पतालको क्षमता त्यसै पनि सानो छ । त्यसमा पनि दिनमा ३र४ सय बिरामी भर्ना गरेर उपचार गर्नुपर्‍यो भने सकिँदैन । हामी सर्वसाधारणले त्यो कुरा बुझेर सरकारलाई सहयोग गर्नुपर्छ ।’

डा। न्यौपानेका अनुसार सबै राजनीतिक दलले पनि सत्ताको खिचातानीलाई केही समय धकेलेर सरकारलाई कोरोना संक्रमण रोकथाममा मात्रै केन्द्रित हुने वातावरण मिलाइदिनुपर्छ । ‘सरकारले हामीले नसक्ने अवस्था आयो भनेर अहिले नै साँचो बोल्नु सकारात्मक हो । तर अब के गर्ने भनेर निर्णय पनि सरकारले नै गर्ने हो नि,’ उनले भने, ‘त्यसैले सरकारले अब उपचारका साथसाथै संक्रमण रोक्नतर्फ ध्यान दिनुपर्छ ।’

पाटन अस्पतालका निर्देशक डा। रवि शाक्यका अनुसार कोरोना संक्रमितको उपचार गर्न भनेर छुट्याइएका बेड मात्रै अहिले भरिएका छन् । ‘सरकारले कोरोना संक्रमितका लागि छुट्याइएका बेड भरिए भनेको हो जस्तो लाग्छ,’ उनले भने, ‘तर हामीले सरकारको कुनै पनि निर्देशनलाई पालना नगर्ने हो भने जति नै बेड छुट्याए पनि थोरै हुन्छ ।’ सरकारले जारी गरेका निर्देशन सर्वसाधारणले विभिन्न बहानामा उल्लंघन गर्ने परिपाटी बढेकाले यो समस्या देखिएको उनले बताए ।

‘सरकारले संक्रमणको चेनलाई ब्रेक गर्न लकडाउन गरेको छ । तर हामीलाई भोज, जात्रा, सम्मेलन गर्नै परेको छ,’ उनले भने, ‘सरकारले अत्यावश्यक सेवाका लागि पास दिने भनेको छ । पास लिने लाइनमा सबैभन्दा धेरै बिनाकाम रवाफ देखाउन निस्कनेको भीड छ ।’ ह्याम्स अस्पतालका निर्देशक डा। ज्योतिन्द्र शर्माले चरम विन्दुमा पुगेर सेवा दिइरहेको बताए । उनका अनुसार सय बेडको स्वीकृति लिएको अस्पतालले ८१ बेड कोरोना संक्रमितका लागि उपलब्ध गराएको छ । ‘हामीले २१ बेड आईसीयू र अन्य ६० बेड कोरोना संक्रमितलाई मात्रै राखेका छौं,’ उनले भने, ‘सबै बेडमा संक्रमित राख्न पनि भएन । हरेक दिन बिरामी भर्ना गरिदिनुपर्‍यो भनेर दर्जनौं मानिसले फोन गर्नुहुन्छ । हामी निकै प्रेसरमा काम गरिरहेका छौं ।’

पाटन अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डा। विमल पाण्डेले अस्पतालले बेड थप्दै लगे पनि कम नै हुने देखिएको बताए । ‘हामीकहाँ अहिले ९ बेडको इमर्जेन्सीमा २१ जना बिरामी अक्सिजन लगाएर कहिले बेड पाइन्छ भनेर कुरिरहेका छन्,’ उनले भने, ‘पहिलो लहरमा अस्पताल आउनेमा बूढापाका र दीर्घरोगीको संख्या धेरै थियो । अहिले त युवा नै हाइपोक्सिया ९रगतमा अक्सिजनको कमी० भएर धेरै आउँछन् । त्यो देखेर हामीलाई नै डर लाग्छ ।’

पाण्डेका अनुसार पाटनमा उपचारका लागि आएका संक्रमितमध्ये खोप लगाएकाहरूको संख्या भने निकै थोरै छ । ‘एक डोज मात्रै खोप लगाएकाहरू हाइपोक्सिया नै भयो भनेर आएको खासै थाहा छैन,’ उनले भने, ‘दुई डोज लगाएका केही हाम्रै साथी पनि संक्रमित हुनुभएको छ । तर उहाँहरूको स्वास्थ्य ठीक छ । त्यसले खोप लगाएकाहरू केही हदसम्म भए पनि सुरक्षित छन् भन्ने आशा जगाएको छ ।’ उनले बेडसँगै जनशक्तिको समस्या पनि रहेको बताए । ‘बेड र अक्सिजनको जोहो होला तर रातारात उपचारमा संलग्न हुनुपर्ने चिकित्सक र नर्स कहाँबाट ल्याउने रु त्यसैले संक्रमण नियन्त्रण नै पहिलो कुरा हो,’ उनले भने ।

सरकारले सबै सरकारी अस्पताललाई कुल बेड संख्याको ५० प्रतिशत कोरोना संक्रमितको उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । सरकारले निर्देशन दिएको एक साताभन्दा बढी भइसक्दा पनि सबै अस्पतालले सो अनुरूप तयारी गर्न सकेका छैनन् । सरकारले गत वर्ष नै ३ हजार एचडीयू बेड थप्ने भनेकामा अहिले लगभग ८ सय मात्रै तयार छन् । स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन आग्रह गरेको थियो । तर त्यसलाई कसैले गम्भीर रूपमा लिएनन् ।

‘स्वास्थ्य मन्त्रालयले कोरोना महामारीका बेला जात्रा नगरौं, सम्मेलन नगरौं, भीडभाड नगरौं भनेकै हो तर कसैले सुनेनन् । त्यो भन्दैमा मन्त्रालय आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’ उनका अनुसार स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरे पनि त्यसको पालना भएरनभएकोतर्फ ध्यान दिएन । ‘मन्त्रालयमा छलफल हुँदा हामीले अक्सिजनको जोहो गरौं, औषधि स्टक राखौं भनेकै हो,’ उनले भने, ‘तर सेरोप्रिभेलेन्समा राम्रो अवस्था देखिएको छ, धेरै आत्तिनुपर्दैन भनेर उहाँहरूले नै हामीलाई चुप लगाएको हो ।’ साभार–कान्तिपुर दैनिकवाट

शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड
आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर
मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

लोकप्रिय

  • १.
    नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • २.
    मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ५.
    भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ६.
    आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

  • २.
    आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३.
    नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ४.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    “One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

  • ६.
    देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

  • ७.
    आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

  • ८.
    मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.