• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

वैदेशिक रोजगारीबाट पीडित १९ परिवारले पाए झण्डै साढे ४ करोड क्षतिपूर्ति

सुरक्षित आप्रवासन परियोजना (सामी) ले यहाँबाट वैदेशिक रोजगारीमा गई समस्यामा परेका १९ परिवारलाई ४ करोड ३० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका १२, बेपत्ता भएका १, जेल परेका ५ र ठगिएका १ जनाका परिवारले उक्त क्षतिपूर्ति रकम प्राप्त गरेका हुन् ।

जिल्लामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको नेपाल जनउद्धार सङ्घका अनुसार यहाँ परियोजना लागू भएपश्चात्‌का १५ महिनामा ४४ जनाले वैदेशिक रोजगारीका क्रममा अन्यायमा परेको भन्दै निवेदन दिएका थिए । त्यसमध्ये १९ जनाका परिवारले क्षतिपूर्ति पाएका तथा अन्यको मुद्दासमेत अगाडि बढिरहेको छ ।

परियोजना जिल्लाका फिदिम नगरपालिका, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा सञ्चालित छ । परियोजनाले वैदेशिक रोजगारीमा जान लागेकालाई मनोसामाजिक परामर्श दिने, वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई वित्तीय साक्षरताको पहुँचमा पुर्‌याउने, सूचना र न्यायिक सेवा उपलब्ध गराउने, सीप सिकेर वैदेशिक रोजगारीमा जान चाहनेलाई सोको व्यवस्थाका लागि सिफारिश गर्नेलगायत कार्य गर्दै आएको छ ।

nepalwatch
चारवटै स्थानीय तहमा एक/एक मनोसामाजिक परामर्शदाता तथा वित्तीय साक्षरता उपलब्ध गराउने कर्मचारी खटिएका छन् । यस्तै सुरक्षित वैदेशिक रोजगारीको सूचना र ज्ञान उपलब्ध गराउन सबै स्थानीय तहमा तीन/तीन रिटर्नी (विदेशबाट फर्किएर गाउँमा बसेका) स्वयंसेवकसमेत परिचालन गरिएको परियोजनाले जनाएको छ ।

सूचना र न्यायको पहुँचमा पुर्‌याउने कार्यक्रम भने समग्र जिल्लाभरि सञ्चालनमा रहेको परियोजना संयोजक क्षोमाया तामाङले जानकारी दिइन् ।सूचना र न्यायको पहुँचमा पुर्‌याउने कार्य जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रले गर्दै आएको छ । राहदानी बनाउन तथा बुझ्न जिल्ला प्रशासन कार्यालयमा आउनेलाई ठगीमा नपर्न, वैदेशिक रोजगारीका क्रममा गर्नुपर्ने कामबारे बुझेर मात्रै जान, सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जान, परिवारलाई वित्तीय व्यवस्थापनमा सक्षम बनाउन सुझाव दिने गरेको छ ।

परियोजना लागू भएयता आप्रवासी स्रोत केन्द्रबाट १६५० जनाले सूचना र परामर्श सेवा पाएका छन् । गाउँ पुगेर परामर्शदाताले ४१ जनालाई व्यक्तिगत मनोसामाजिक परामर्श तथा ४१५ जनालाई सामूहिक मनोमासाजिक परामर्श उपलब्ध गराएको परियोजना संयोजक तामाङले जानकारी दिए । आप्रवासी स्रोत केन्द्रबाट सूचना र परामर्श सेवा दिइएकामध्ये ३०६ जनालाई पुनः सम्पर्क र सेवा दिइएको छ । त्यसमध्ये १५० जना वैदेशिक रोजगारीमा गएका छन् ।

सोमध्ये २२ जनाले आवश्यकीयमध्ये कुनै कागजात घरमै छाडेर गएका, २५ जनाले कागजात विदेशबाट मगाएका, ८ जनाले मोलमोलाई गरी वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्च घटाएका, २० जनाले विदेश जाने सिलसिलामा राहदानी वा पैसा दिँदा भर्पाइ गराएका, ९ जनाले स्रोत केन्द्रबाट मुद्दा सिफारिस गराएका तथा ३३ जनालाई सीपमूलक तालिम लिनका लागि सिफारिश गरिएको परियोजनाले जनाएको छ । परियोजनामा हालसम्म ७१ लाख ५ हजार ४७७ रुपैयाँ खर्च भइसकेको संयोजक तामाङले बताइन् ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले ठूलो सङ्ख्यामा युवा पलायन हुँदा देशलाई घाटा लागिरहेको तथ्यलाई बुझेर वैदेशिक रोजगारीमा जान चाहनुको कारण वा बाध्यता पत्ता लगाउन, विदेशमा हुने मृत्युको कारण पत्ता लगाउन, विदेशबाट फर्कनेमा परिवर्तन भए/नभएको खोज्न सबै पक्षले पहल गर्नुपर्ने बताए । श्रम सहचारीका रूपमा लामो समय विभिन्न मुलुकमा काम गरेका फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले वैदेशिक रोजगारीमा जानेमध्ये करिब १५ प्रतिशतले समस्या भोग्ने गरेको बताउँदै कामदारका समस्या हल गर्न पहल गरिनुपर्ने बताए । (रासस)

शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.