भारत अहिले विश्वमै को’रोना महा’मारीबाट सबैभन्दा बढी पी’डित भइरहेको छ। त्यहाँको स्वास्थ्य प्रणाली नै यतिबेला ड’माडोल हुने अवस्थामा पुगेको छ। देशभर अक्सिजन सिलिन्डर नभएर हाहाकार म’च्चिएको छ भने बिरामीले एम्बुलेन्स पाउन सकिरहेका छैनन्। मानिस ठेला गाडा र रिक्सामा अस्पताल जान बा’ध्य छन्। अस्पताल पुगे पनि बेड नपाउँदा सं’क्रमित म र्न बाध्य भइरहेका छन्। सामाजिक सञ्जालमा त्यहाँका भयावह तस्बिर तथा भिडियो भाइरल भइरहेका छन्। यसै क्रममा एउटा यस्तो हृ’दयविदारक तस्बिर सामाजिक सञ्जालमा देखिएको छ, जहाँ एक महिला आफ्ना पतिलाई बचाउन मुखमा मुख जोडेर श्वास दिइरहेकी छन्।
क्याम्पसनमा उनले लेखेका छन्, ‘छुँदा पनि फै’लिने रोगमा सासबाट सास दिने हिम्मत गर्नु मुर्खता त हो तर प्रेम विवश र लाचार छ, आफ्नालाई बचाउने अन्तिम प्रयास हो, यस्तो अवस्थामा आफ्नो ज्यानको कुनै पर्वाह हुँदैन। यो समाचार तयार पार्दासम्म त्यो तस्बिरलाई ७ हजारभन्दा बढीले लाइक गरिसकेका छन् भने १९ सयभन्दा रिट्विट गरिएको छ। धेरै जना दुःखी भएका छन्। यी महिलाले आफ्ना बिरामी पतिलाई अटोमा लिएर आगराको एसएन मेडिकल कलेज पुर्याएकी थिइन्। पतिलाई सास फेर्न कठिन भएपछि उनले आफ्नो मुखले नै सास दिने प्रयास गरेकी हुन्। तर लाख प्रयास गर्दा पनि पतिलाई ब’चाउन सकिनन्।