दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको ह’त्या गरेका छन् । इलाका प्र’हरी कार्यालय तुलसीपुरका प्र’हरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर ह’त्या गरेका हुन् । मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा ग’म्भीर घा’इते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै मृ’त्यु भएको हो । उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ । फ’रार रहेका श्रीमान्को खोजी भइरहेको छ । विपनाकी चार वर्षीया छोरी छन् ।
यो समाचार पनि पढ्नुहोस
परीक्षा दिन हिँडेकी सल्यानकी एक बालिकाको बाटोमै ल’डेर मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ अत्तरकाँडाकी चन्द्रकला सार्की छन्। छत्रेश्वरी – १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० मा अध्ययनरत सार्कीको मंगलबार बिहान गणित विषयको परीक्षा दिन जाने क्रममा लडेर मृ’त्यु भएको हो। जंगलको बाटो हुँदै परीक्षा दिन जाँदा सल्ली कुसुम (पिरोल)मा चिप्लिएर लडेपछि चन्द्रकलाको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्र’हरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।