• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

वामदेव गौतम एमाले स्थायी कमिटी सदस्य, माधव नेपाल समुह आउट ! महिला शून्य

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ स्थायी कमिटी गठन गरेका छन् । बालुवाटारमा जारी महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई हटाएर ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् । त्यसमा वामदेव गौतम भने समेटिएका छन् । एमाले एकताको अभियान चलाउँदै आएका वामदेवलाई भने ओलीले स्थायी कमिटि सदस्यमा समेटेका छन् ।

स्थायी कमिटीमा ओलीसहित वामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेल लगायत १९ जना सदस्य छन् । बिहीबार मात्रै ओली र गौतमबीच बालुवाटारमा भेटवार्ता भएको थियो । तर डिनर छाडेर हिडेका वामदेव स्थायी कमिटी सदस्यमा समेटिएका हुन् ।

यस्तै विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ्ग, रघुबीर महासेठ, किरण गुरुङ, केशव बडाल, पुष्पराज कँडेल र मणि थापा सदस्य रहेका छन् । थप सदस्य पछि थप्ने गरी स्थायी कमिटी घोषणा गरिएको ओली समुहका नेताहरुले बताएका छन् ।

ओलीले गठन गरेको सो समितिमा पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई हटाइएको छ।

यी चारै जना नेतालाई पार्टीसम्बन्धी विवादमा स्पष्टीकरण सोधेर ६ महिनाका लागि निलम्बन गरिएको छ। त्यसैगरी नेपाल पक्षमा रहेका वरिष्ठ नेता झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई र अमृत बोहरालाई स्थायी समितिबाट हटाइएको छ।

एमालेको नयाँ स्थायी समितिमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह र मणि थापालाई थपिएका हुन् । त्यसैगरी, माओवादीसँग एकीकरण गरी स्थायी समिति सदस्य बनाइएका तर एमालेमा स्थायी समितिमा नरहेका रघुविर महासेठ र विष्णु रिमाललाई आज बनाइएको स्थायी समितिमा थपिएको छ।

स्थायी कमिटि गठन गर्दा विधानमा नै उल्लेख भएको ३३ प्रतिशत महिला सहभागीताको नियम भने यहाँ उल्लंघन भएको छ । एक जना महिला पनि स्थायी कमिटिमा आएका छैनन् । यस अघि अष्टलक्ष्मी शाक्य मात्र स्थायी कमिटि सदस्य भएकोमा उनलाई हटाइए पछि अहिले एक जना महिला पनि छैनन् ।

शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.