• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ७. आज मिति २०८३ साल वैशाख ३१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

  • ९. पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • १०. बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

हे दैब ! विवाहको तयारी भएको घरमा उनैको काजकिरिया !


गुल्मी घमिर गाउँका लालप्रसाद पन्थी केहि दिन अघिसम्म छोराको विवाह गर्ने तयारीमा जुटिरहेका थिए । ‘यसै बैशाख महिनाको लगनमा माइलो छोरा यमलाल पन्थीको विवाह गर्नका लागि केटी माग्न कुरो समेत चलाइएको थियो ।’ उनै छोराको काजकिरियाको कुनोमा बसेका बाबु पन्थीले भने । दुर्भाग्य नयाँ वर्षको दिन घुम्न हिँडेका बेहुला बन्ने तयारीमा रहेका छोरा यमलाल पन्थी अर्को दिन शव बनेर फर्किए । जिल्ला प्रशासन कार्यालय गुल्मीका खरिदार रहेका उनी त्यसदिन अन्य कर्मचारीसहित प्यूठानको स्र्वगद्वारी दर्शन गर्न गएका थिए ।

यमलालसहित ४ जना प्रशासनका कर्मचारी र एक जना जीप चालकले ज्यान गुमाए । १२ जना घाइते मध्ये ७ जना गम्भीर घाइते काठमाण्डौंमा उपचार गराइरहेका छन् । मालिका गाउँपालिका वडा नम्वर ७ मा पर्दछ साविक घमिर गाविस । यमलाल पन्थीको घर घमिरको आरुम्टा टोलमा हो। आरुम्टा घमिरको तल्ले भेगमा भएकोले उनले सिमलटारीको मालिका माध्यामिक विद्यालयको माध्यामिक तहको शिक्षा हासिल गरि कक्षा ११ र १२ को अध्ययन पाल्पाबाट सकेर बुटवलको सिद्धार्थ गौतम क्याम्पसबाट स्नातकको अध्यान सकाएर निजामती सेवामा प्रवेश गरेका थिए।

३१ वर्षीय पन्थी ३ भाई छोरा र दुई बहिनी दिदी–वहिनी मध्ये त्यस घरका माइला छोरा हुन् । उनका जेठा दाजु वेदप्रसाद पन्थी र कान्छा दिपेन्द्र काठमाण्डौंमा जागिरे छन्। सुरुमा मदाने गाउँपालिका वडा नम्वर ३ भनभनेको वडा सचिवबाट सरकारी सेवामा प्रवेश गरेका पन्थी त्यहाँबाट मजुवा स्थित ईलाका मालपोत कार्यालय हुँदै गत कार्तिक महिानमा जिल्ला प्रशासनमा आएको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले बताए ।

मालिका गाउँपालिका वडा नम्वर ७ घमिरका वडाध्यक्ष वेदप्रसाद पन्थी भन्छन–‘के गर्नु यसै बैशाखमा यमलालको विवाह गर्ने तयारी थियो , दुर्भाग्य नियतिले चुँडेर लग्यो।’ उनले यमलाल आफ्नै सहोदर दाजुको छोरा रहेको बताए । उनका परिवारजनका सदस्य दिवाकर पन्थीका अनुसार अघिल्लो शनिवार घर गएर फर्किएका थिए यमलाल । स्वर्गद्वारी हिँडेपछि उनले परिवारका सदस्यलाई फोन गरेनन् । पछि घर परिवारले फोन गर्दा फोन नै नलागेको दिवाकर बताउँछन ।

बैशाखको लगनको महिनाको तिथी हेर्दै र केटी माग्न कुरा चलाउँदै आएका पन्थी परिवारले छोराको विवाह मण्डप सजाउन तयारी रहेको घर यति बेला काजकिरियाको कुनो बनाउनु परेको छ । दुर्घटनाले निम्ताएको मृत्यु घटना निकै हृदयविदारक रहेको बताउँदै प्रमुख जिल्ला अधिकारि रुद्रादेवी शर्माले भनिन–‘ मैले आँशु थाम्न सकेकी छैन ।’ त्यस दुर्घटनाले यसै बैशाखमा विवाह मण्डप बनाउन लागिएको अर्को घरलाई पनि काजकिरियाको कुनोमा परिणत गरेको छ । जिल्ला प्रशासनका कम्यूटर अपरेटर २८ वर्षीय सुर्य पन्थीको पनि घटना स्थल मै ज्यान गएको थियो ।

एक वर्ष अघि उनका बाबुको मृत्युले रोकिएको उनको विवाह यस बैशाख महिनामा गर्ने तयारी थियो । रेसुङ्गा नगरपालिका वडा नम्वर ७ वेदुखर्क घर भएका उनलाई बैशाखमा विवाह गर्ने भने पछि सहकर्मी कर्मचारीहरुले जिस्काउन सुरु गरि सकेका थिए । २०६४ सालदेखि गुल्मीकै रेडियो रेसुङ्गमा लेखा फाँट हेर्दै र सञ्चारकर्मीको जिम्मेवारी समेत सम्हाल्दै आएका पन्थी २०७४ साल कार्तिक महिनादेखि जिल्ला प्रशासनमा नियुक्ती भएको उनका नजिकका साथी तथा प्रशानका कर्मचारी कृष्ण पन्थी बताउँछन् । उनको घरमा वृद्धा आमा र अपाङ्ग भाई छन् । उनको मृत्युले आर्थिक अवस्था कमजोरी रहेकोले बृद्धा आमा र अपाङ्ग भाईको विचल्ली हुने भएको छ ।

दुर्घटनाको दुई दिनअघि मात्र प्रशासन अगाडि संग्रिला मोबाइल पसलका सञ्चालक खगेन्द्र पाण्डेसँग पन्थीको कुराकानी भएको थियो ।‘जनता जाने’ कुरा गर्दै हाँसो ठट्टा भएको पाण्डे बताउँछन । उता दुर्घटना ग्रस्त लु १ ज १६५५ नम्वरको जिप चालक २२ वर्षीय मृतक केशव कार्की पनि अविवाहित थिए। मुसिकोट नगरपालिका वडा नम्वर ३ ठूलापोखरा स्थित दुई आमा मध्येका एक मात्र छोरा रहेका कार्की गाडी लाइनमा काम गर्न थालेको ५/६ वर्ष भएको थियो । ‘भर्खर भाईले कमाउन सुरु ग¥यो’ भन्ने आश लाग्न थालेको बेला गुमाउन परेको त्यसै दुर्घनामा परि रुखमा अड्किएर बाँच्न सफल उनकी दिदी बसन्ती कार्की पौड्यालले बताइन् । अर्की आमा तर्फ एक दाजु हुनुहुन्छ ।

‘हामी ३ बहिनी दिदी–बहिनी सबैको विवाह भयो । घरमा आमाको दुःख सुख हेर्ने त्यही एउटा भाई थियो ।’ बसन्तीले भनिन् । घरको आर्थिक अवस्था पनि सामान्य छ । केशवले पहिला बस चलाउँथे । जिप चलाउन थालेको दुर्घनाको दिन २१ औं दिन पुगेको बताइन्छ । उता धुर्कोट गाउँपालिका वडा नम्वर ७ , साविक वाग्ला गाविस चौतरा टोल निवासी २८ बर्षीय ईश्वरी भण्डारी पनि त्यस दुर्घटनामा परि ज्यान गुमाएका थिए । उनको अर्खलेको भुवनपानी स्थित सुजता पोखरेल संग दुई बर्ष अघि मात्र विवाह भएको थियो । उनको ९ महिनाकी छोरी छन् । जिल्ला प्रशासनको खरिदार रहेका उनले श्रीमति र छोरीलाई तम्घास डेरा मै राखेका थिए । उनी जेठा छोरा थिए । माइला भाई दिनेश सरकारी सेवा मै सुब्बातहका कर्मचारी,कान्छा भाई राजेन्द्र र बहिनी रिता भण्डारीले स्नातक तहमा पढ्दै छन् ।

उनी २०७२ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । सुरुमा धुर्कोट गाउँपालिका वडा नम्वर २ पिपलधाराका वडा सचिव रहेका उनी पछि धुर्कोट गाउँपालिकमा सरुवा भएका थिए । त्यहाँबाट जिल्ला हुलाक कार्यालय हुँदै उनी असोज महिनादेखि जिल्ला प्रशासनमा आएका थिए । वाग्ला माध्यामिक विद्यालयबाट प्लस टू को अध्यान सकाएका उनी बुटवल बहुमुखी क्याम्पसबाट स्नातक उतिर्ण गरेका थिए । त्यसै दुर्घटनामा ज्यान गुमाएका जिल्ल प्रशासनका प्रशासकिय अधिकृत श्यम न्यौपाने ८ महिना अघि मात्र जिल्ला प्रशासनमा आएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीका अनुसार सुरुमा उनी १५/१६ दिन जति मालपोत कार्यालयमा बसेर प्रशासनमा आएका थिए ।

मृतक न्यौपानेको घर स्याङ्गजाको गल्याङ्ग नगरपालिका वडा नम्वर २ मा हो । उनका बारेमा संगै पढेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीका डिभिजन प्रमुख प्रकाश न्यौपानेसँग जिज्ञासा राखेका थियौं । उनका अनुसार उनका बाबु मित्रलाल न्यौपाने स्याङ्गजाको मालुङ स्थित सार्वाजानिक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रहेको र उनका दुई छोराहरु मध्ये एक जना बाबुराम न्युौपाने काठमाण्डौमा शाखा अधिकृत र अर्का छोरा मृतक गुल्मी जिल्ला प्रशासनमा थिए ।

मृतक न्यौपानेकी श्रीमती सविना भनेर चिनिने हुमकला खनाल गुल्मीकै ईस्मा गाउँपालिकाको आन्तरिक लेखा परिक्षक कर्मचारी रहेको जानकारी डिभिजन प्रमुख न्यौपानेले दिए । मृतकका साढे तीन वर्षका एक छोरा छन् । श्रीमतको पेटमा ६ महिनाको गर्भ रहेकोले गाडीमा असर गर्छ भनेर छोरा र श्रीमतीलाई तम्घास बाघमारे स्थित डेरा मै छाडेर उनी स्वर्गद्धारी गुम्न हिडेका थिए ।

उनका अनुसार एकैसाथ दुई भाइले शाखा अधिकृतमा नाम निकालेका थिए । तानसेनको क्याम्पसको पढाई सकेर त्रिभुवन विश्व विद्ययाल किर्तिपुरमामा मास्टर डिग्री गरेर सुरुमा नेपाल बैंक लिमिटेडमा जागिर खाएका न्यौपाने सोलुखुम्वु र धादिङ्गका दुई गाउँपालिकामा पनि प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । गृह जिल्ला स्याङ्गजाको गल्यालङ्ग नगरपालिकामा पनि केहि समय काम गरेका थिए । निजामति सेवामा प्रवेश गरेको ५ वर्ष जति भएको थियो । स्र्वद्वारी दुर्घटनाले कलिला मुनाहरु र भविष्यका कर्णधारहरु चुँडेर लगेको भन्दै जिल्लावासी शोकाकुल बनेका छन् । ग्लोबल आवाजबाट

बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.