नेपाली लोक संगीतमा सबैले मन पराएकी लोकप्रिय गायिका टिका पुनले आफ्नै दोहोरीको स्टुडियो खोलेकी छिन।झन्डै २५ लाख भन्दा बढी लगानीमा खोलेको उक्त स्टुडियोमा नेपाली लोक दोहोरी क्षेत्रका चर्चित कलाकारहरुले गाउने गर्दछन भने यिनै कलाकारहरुको एउटा पाठसाला बनाउने क्रममा टिका लागेकी छिन।
लामो समय गीत संगीतलाई आफ्नो तर्फबाट साधा उचाइमा लाग्दै आएकी मौलिक र एक सरल गायिकाको रुपमा चिनिएकी टिका पुनले एता लगानी गरेकी हुन्।
अहिले दर्पण नाम गरेको युटुब मार्फत उक्त स्टुडियोमा निर्माण भएका दोहोरीहरु आउने गर्दछन।नया नया भाइ बहिनी देखि चलेका कलाकारको एकै थलोको रुपमा दर्पण रहने जानकारी टिकाले गराएकी छिन।अलिफ खान समेत गाउन पुगेका थिए दर्पणमा।