अखिल (क्रान्तिकारी) साइनिङ बोर्डिङ स्कुल इकाई कमिटी र साइनिङ बोर्डिङ स्कुल विद्यालय प्रशासनबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । विद्यार्थीको मागलाई विद्यालय प्रशासनले बेवास्ता गरेपछि अखिल (क्रान्तिकारी)को नेतृत्वमा चैत्र २२ गते बुझाइएको मागपत्रको विषयमा लिखित सहमति भएको हो ।
सहमति अनुसार विद्यार्थीले कक्षामा भौतिक उपस्थितिको आधारमा सात महिनाको मात्र शुल्क लिन पाउने, बाँकी तीन महिना अनलाइन क्लास अध्ययनरत विद्यार्थीको मात्र शुल्क लिन पाउने, योग्य शिक्षक राख्नुपर्ने, कम्युटराइज सिस्टमको बिल बनाउनुपर्ने लगायत माग पत्रमा बुझाइएका सबै बुँदामा विद्यालयले कार्यान्वयन गर्ने विषयमा सहमति भएको छ ।सहमति पत्रमा विद्यालयका प्रिन्सिपल लक्ष्मी दवाडी, शिक्षक अभिभावक संघका अध्यक्ष र अखिल (क्रान्तिकारी) साइनिङ बोर्डिङ स्कुल इकाई कमिटी अध्यक्ष अनिल लामाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
https://youtu.be/tgQUYkC1DlY