हरि सुवेदी
गैडाकोट । पछिल्लो समयको सांगितिक बजारमा लोक गित संगितको निकै चर्चा परिचर्चामा रहेको छ ।
अहिले लोक गित समस्त दर्शको स्रोताको लोकप्रिय बन्दै गएको छ ।
यहि सांगितिक माहोलमा लोकप्रिय गायक , सर्जक तथा निर्देशक प्रेमसापकोटा सोनुको मुटु बैना गित सार्बजनिक भएको छ ।
रुने हास्ने नाच्ने नचाउने यिनै धेरै गितहरुबाट धेरै सफलता पाइसक्नु भयको सापाकोटाले फेरि यो नाच्ने खालको मुटु बैना बोलको गित आफ्नै युटुब च्यानलबाट आरति मिडिया प्रा लिबाट बजारमा ल्याउनु भएको हो ।
जापानमा रहेर पनि धेरै दर्शक स्रोताको मन जित्दै साङितिक क्षेत्रमा निरन्तर लागिरहनु भएको सोनुका गित प्रायः रुवाले खालका हुन्छन ।
हरेक विद्यामा अब्ब्ल समधुर आवाजका धनि प्रेम सापकोटा सोनु र रचना रिमालको स्वर रहेको ‘ छ । लैजाउ सानु यो मुटु बैना अरु दिन मसग केहि छैन ‘ मन लोभ्याउने खालको गितको शब्द र लय आयान न्यौपानेको रहेको छ । गितमा पछिल्लो समय चर्चामा रहेका मोडल तथा गायक अर्जुन सापकोटा र अन्जलि अधिकारिको अभिनय रहेको छ । स्मृति तिमिल्सिनाको निर्देशनमा रहेको उत्कृष्ट गित मुटु बैनाले दर्शक स्रोताको मन जित्ने र सबैको माया पाउने अपेक्षा रहेको छ ।