गोरु काटेको आरोपमा ढोरपाटन नपा ८ भित्ता टोलस्थित पाखोबारीबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–८ भित्ता टोलका ४९ वर्षीय मन बहादुर बिक, ४४ वर्षीय नन्दराम बिक, ३८ वर्षीया पुनी बिक, २६ वर्षीया मिना बिक रहेका छन् ।
त्यस्तै, ढोरपाटन नगरपालिका–२ घर भई हाल भित्ताटोल बस्ने ३६ वर्षीय हरि परियारलाई पनि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जानकारी दिएकाे छ ।
गाउँमा गोरु काटिरहेको गोप्य सूचना प्राप्त हुन साथ तत्काल प्रहरी चौकी ढोरपाटनबाट टोली खटिई गई बुझ्दा गोरु काटिरहेको अवास्थामा ५ जना फेला परेका थिए । प्रहरलीले घटनास्थल पुग्दा काटिएको मासु फेला परेको थियो । घटनासम्बन्धमा म्याद थप गरी अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय बाग्लुङ प्रमुख कृष्ण पली मगरले बताउनुभयाे ।