• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

कुन राशि भएका व्यक्त्तिमा कस्तो कमजोरी हुन्छ, जान्नुहोस् !

ज्योतिष शास्त्रबाट मानिसको भूत, भविष्य र वर्तमानको फलादेश गरिन्छ । उसको जन्म समयलाई आधार मानेर जन्म कुण्डली तयार पारिन्छ ।

जन्म कुण्डलीमा बसेका ग्रहको प्रभाव स्वरुप उसमा देखिने भूत, वर्तमान र भविष्यको फलादेश गरिन्छ । त्यसो त हरेक मानिसका राम्रा र कमजोर पक्षहरू हुन्छन् ।

मेष राशि

मेष राशिका मानिसहरु धेरै चाँडै रिसाउँछन्, जसको कारण मानिसहरूसँग उनीहरूको सम्बन्ध बिग्रन्छ । परिणाम स्वरूप यसले सफलताको बाटोबाट पछाडि धकेल्छ । त्यसैले मेष राशि भएका व्यक्तिहरूले आफ्नो रिस नियन्त्रण गर्नुपर्ने शास्त्रले बताउँछ ।

वृष राशि

वृष राशि भएका मानिसहरू अटेरी, घमन्डी, जिद्दीपन स्वभावका हुन्छन् । यी राशि भएका मानिसहरूमा रिसालु स्वभाव पनि उत्तिकै हुन्छ । त्यसैले आफूमा हुने यी स्वभावमा परिवर्तन गर्ने हो भने वृष राशि भएका व्यक्तिले सफलता पाउनेछन् ।

मिथुन राशि

मिथुन राशि भएका व्यक्तिहरू अरुलाई धेरै चाँडै विश्वास गर्दछन् । अरूको विवेकमा काम गर्दा प्राय उनीहरूले नोक्सान भोगिरहेका हुन्छन् । उनीहरूको हातबाट धेरै राम्रा अवसरहरू समेत गुमिरहेका हुन्छन् । तसर्थ यी अवस्थालाई ध्यानमा राखेर अघि बढ्ने हो भने मिथुन राशिका व्यक्तिहरूले कार्य सिद्धि पाउनेछन् ।

कर्कट राशि

कर्कट राशि भएका मानिसहरू धेरै भावनात्मक हुन्छन् । तिनीहरू प्रायः भावनात्मकतामा लागेर गलत निर्णय लिन्छन् । जसको कारणले कर्कट राशि भएका व्यक्तिहरूले पछि पछुताउनुबाहेक केही हुँदैन । त्यसैले कर्कट राशि भएका व्यक्तिहरूले यी विषयमा बेलामै सोच्नुपर्ने हुन्छ ।

सिंह राशि

सिंह राशि भएका मानिसहरू आफ्नो आवश्यकता पुरा गर्नको लागि कुनै कुरा बाँकी राख्दैनन् । यहाँसम्म कि उनीहरू धेरै समय खर्च गरेर भए पनि आफ्नो काम फत्ते गर्न चाहन्छन् । साथै छोटो तरिकाले काम गर्ने कुरामा निर्धक्क तरिकाले खर्च गर्छन् । जसको कारण उनीहरूलाई भविष्यमा पछुतो हुन सक्छ । उसको सबैभन्दा ठुलो कमजोरी नै खर्च गर्ने बानी हो, जुन बानी परिवर्तन गर्नुपर्दछ ।

कन्या राशि

कन्या राशि भएका मानिसहरू स्वभावैले अहङ्कारी हुन्छन् । त्यसैले अरूलाई उनीहरू आफूभन्दा साधारण भन्ने ठान्छन् । तिनीहरूको यस्तै कार्यहरूले यिनीहरूको प्रगतिमा बाधा सिर्जना भइरहेको हुन्छ । कन्या राशि भएका व्यक्तिहरूले आफ्नो अहङ्कार त्याग्नु उपयुक्त हुनेछ ।

तुला राशि

तुला राशि भएका व्यक्तिहरू सहयोगी भावनाका हुन्छन् । उनीहरू दिन दुखीहरूलाई मात्र नभएर आवश्यकता भन्दा बढी सहयोग गर्ने हुन्छन् । यसले सधैँ सफलता हुन्छ भन्ने होइन । यस विषयमा पनि तुला राशि भएकाहरूले सोच्नुपर्ने हुन्छ । किनकि मानिसहरूले तपाईँको कमजोरीको फाइदा उठाइरहेका हुन्छन् । उदार प्रकृति स्वभाव देखेर मानिसहरूले यिनीहरूलाई धोका नदेलान् भन्ने के छ र ?

वृश्चिक राशि

वृश्चिक राशि भएका मानिसहरू हरेक कुरामा रिसाउने स्वभावका हुन्छन् । यो उनीहरूको सबैभन्दा ठुलो कमजोरी नै रिस हो । यही क्रोधको कारण तिनीहरूलाई सफलताको मार्गमा अवरोध सिर्जना भइरहेको हुन्छ । वृश्चिक राशि भएकाहरूले आफ्नो रिस र आवेगलाई नियन्त्रणमा राख्नु नै सबैभन्दा ठुलो बुद्धिमत्ता हुनेछ ।

धनु राशि

धनु राशि भएका मानिसहरू धेरै बोल्ने स्वभावका हुन्छन् । उनीहरूलाई कतिपय ठाउँमा बोली कै प्रभाव स्वरूप सफलतामा अड्चन आइरहेको हुनसक्छ । उनीहरू आफू साधारण भए पनि ठुला ठुला कुरा गरेर अरूलाई सानो बनाउन खोज्ने प्रवृत्ति हुन्छ । उनीहरूको यही बानीले प्रगति पथमा अवरोध सिर्जना भएको हुनसक्छ । त्यसैले सकेसम्म कम बोल्ने महत्त्वपूर्ण विषयमा बोल्दा पनि सोचेर मात्र बोल्ने गर्नुपर्दछ ।

मकर राशि

मकर राशिका मानिसहरूलाई लाग्दछ कि आफू नै सबै कुरामा निपुण छु । तर, यो भ्रम मात्र हो । यसले तपाईँलाई नयाँ कुरा जान्ने र सिक्नेमा बाधा पुगिरहेको हुन्छ । यस्तो स्वभावलाई मकर राशिका मानिसहरूले परिवर्तन गर्न सके उसले सफलता हात पार्ने विश्वास गरिन्छ । तसर्थ अहमता त्यागेर अरूको कुरा सुन्ने र बुझ्ने गर्नु नै मकर राशिका लागि महत्त्वपूर्ण हुनेछ ।

कुम्भ राशि

कुम्भ राशि भएका मानिसहरू आफ्नो कुरामा अडिग रहन्छन् । उनीहरू अरूको अगाडी झुक्न तयार हुँदैनन् । केही कुरामा अडिग रहनु ठिक होला तर सबै कुरामा यसले फाइदा पुर्याउँदैन्न । उनीहरूलाई यही बानीले प्रगति पथमा बाधा सिर्जना गरिरहेको हुनसक्छ । यो कुरालाई कुम्भ राशि भएकाहरूले सदैव मनन गर्नुपर्ने हुन्छ ।

मीन राशि

मीन राशि हुनेहरुमा आत्मविश्वासको कमी हुन सक्छ । जीवनमा केही गरौँ भन्ने हौसलाको कमी हुने हुँदा यिनीहरूको जीवनमा विभिन्न चुनौतीहरु आइरहेका हुन्छन् । साना–तिना कुराहरू पनि उनीहरूलाई गम्भीर लाग्न सक्छन् । त्यसैले आत्मविश्वास बढाउनु नै मीन राशिका व्यक्तिहरूका लागि सफलता हुनेछ ।

शनिबार, चैत ०७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.