• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, मङि्सर २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३. सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

देश तथा विदेशका तारे होटलमा आवश्यक जनशक्ति उत्पादन हाम्रो प्राथमिकता : ( प्राध्यापक न्यौपाने )


प्रदिप न्यौपाने, चितवनको होटल व्यवस्थापन विषयको क्षेत्रमा चिरपरिचित नाम नै हो । उनी चितवनको आईएसएचएम कलेजको संस्थापक हुन् भने भरतपुरको बालकुमारी कलेज र अरोमा कलेजमा होटल व्यवस्थापन विषय प्राध्यापन पनि गर्छन् । पर्वतको पैयू गाउँपालिका वडा नम्बर ६ मा २०४९ साल फागुन १३ गते जन्मिएका न्यौपानेले उच्च माविमा सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययन सुरु गरेसँगै यस क्षेत्रको यात्रा सुरु भयो । उनले बालकुमारी कलेजबाट होटल व्यवस्थापन (बीएचएम) विषयमा स्नातक र भारतको इन्दिरा गान्धी ओपन विश्वविद्यालयबाट ट्राभल र टुरिजम विषयमा स्नातकोत्तर गरे । विशेष त नयाँ नयाँ ठाउँहरु घुम्न र शाहसिक विषयमा लेखिएका पुस्तकहरु पढ्न रुचाउँने न्यौपाने अहिले भरतपुर महानगरपालिका–५ विशाल चोकमा स्थायीरुपमा बसोबास गर्छन् । उनै न्यौपानेसँग नारायणी अनलाइनले यस विषयको महत्व र सान्दर्भिकताबारे व्यवसायिक कुराकानी गरेको छ । प्रस्तुत छ अन्तरवार्ताको सम्पादित अंश :

प्रश्न : होटल व्यवस्थापन क्षेत्रमा लाग्ने प्रेरणा कसरी मिल्यो ?

एसएलसी उतीर्ण गरेपछि म कम्प्युटर विज्ञान विषय पढ्ने भनेर सप्तगण्डकी बहुमुखी क्याम्पस गएको थिए । क्याम्पसको काउन्सिलिङ रुममा नै होटल व्यवस्थापनको शिक्षक दिपक खनाल बस्नु भएको रहेछ । उहाँले नयाँ विषय भनेर विषयको बारेमा राम्रो जानकारी दिएपछि मैले होटल व्यवस्थापन विषय रोजे । सरकै प्रेरणामा उच्च माविमा होटल व्यवस्थापन पढ्न थाले । पछि पढ्दै गएपछि विषयको महत्व र क्षेत्र पनि बुझ्दै गए । म सप्तगण्डकीमा होटल व्यवस्थापनको दोस्रो व्याचको विद्यार्थी हो ।

सप्तगण्डकीमा १२ कक्षा सक्ने बित्तिकै बालकुमारी कलेजमा स्नातक पढ्न सुरु गरे । स्नातक तह पढ्दै गर्दा प्रयोगात्मक अभ्यासको लागि मलेसिया जाने अवसर पाए । मलाई दुबईको विश्वप्रसिद्ध होटल ‘जुबेनाज बिच’ बाट पनि कुकमा काम गर्ने अवसर आएको थियो । त्यही बेला नेपालमा भूकम्प गएको समय भएकोले जान सकिन । पछि भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट ट्राभल र टुरिजम विषयमा स्नातकोत्तर गरे । चितवनमै बसेर प्राध्यापन, अध्ययन र अध्यापन विषयमा सक्रिए रहँदै आएको छु ।

प्रश्न : चितवनमा इन्टरनेशनल स्कुल अफ होटल म्यानेजमेन्ट (आईएसएचएम) कलेज खोल्ने सोच कताबाट आयो ?

चितवनमा विश्वविद्यालयमा होटल व्यवस्थापन पढ्न नसक्ने तर यस क्षेत्रमा व्यवसायिक ज्ञान लिन चाहने विद्यार्थीहरुको संख्या ठूलो भएकोले आईएसएचएम कलेज खोल्ने सोच आएको हो । अहिले देश तथा विदेशमा होटल क्षेत्रमा धेरै भन्दा धेरै कामदारहरुको माग भइरहेकोले पनि दक्ष कामदारको आवश्यकता परिपूर्ति गर्न कलेज सहयोगी बनेको छ । छोटो समयमा नै व्यवसायिक ज्ञान र सिप हासिल गर्नको लागि यो कलेज महत्वपूर्ण माध्यम बनेको छ । हामीले गत वर्षको असारमा नेपालको सीटीभीटी र मलेसियाको लिंकन युरो स्किलसँग सम्बन्धन लिएर कलेज सञ्चालन गरिएको हो ।

प्रश्न : कलेजमा के के विषय पढाइ हुन्छ ?

कलेमा अल्पकालिन र लामो अवधिका कोर्षहरु पढाइ हुन्छन् । छोटो समयमाका कोर्सहरुमा कुक, वेटर जस्तो पर्छन् भने लामो अवधिका कोर्समा डिप्लोमा इन होटल म्यानेजमेन्ट र डिप्लोमा इन कुलिनरी आर्टस् पर्छन् । कुलिनरी आर्टस् पढेर पाँच तारे होटलको सेफ बन्ने अवसरसमेत प्राप्त हुन्छ भने होटल व्यवस्थापनमा समग्र होटलको सञ्चालनका कामहरु जस्तै हाउस किपिङ, फ्रन्ट डेस्क सञ्चालनलगायतका कामहरु पर्छन् ।

आईएसएचएम कलेजले प्राज्ञिक डिग्री भन्दा पनि व्यवसायिक र प्राविधिक शिक्षालाई बढी प्राथमिकतामा राखेको छ । पढाइ जम्मा ६ महिना हुन्छ भने विद्यार्थीले एक वर्षसम्म होटलमा प्रयोगात्मक अभ्यास गर्ने अवसर प्राप्त गर्छन् । विशेष त कलेजले चीन, दुबई, माल्दिभ्स लगायतका देशका होटलमा पठाउने गर्छ । कतिपय विद्यार्थीले त्यही काम सिक्दा सिक्दै काम गर्ने अवसर पाउँछन् । बस्ने, खाने व्यवस्थासहित भत्ता पनि पाउँछन् ।

प्रश्न : पढ्नलाई कति शुल्क लाग्छ ?

काठमाडौँमा यी विषयहरु पढ्न सातदेखि आठ लाखसम्म लाग्ने गर्छ । तर, चितवनमा यी विषयहरु पढ्न धेरै नै सस्तो छ । होटल व्यवस्थापनमा डिप्लोमा गर्न एक लाख ७० हजार रुपैयाँ जम्मा लाग्छ भने कुलिनरी आर्टस्मा डिप्लोमा गर्नको लागि दुई लाख २० हजार रुपैयाँ सम्म लाग्छ ।
सोही शुल्कमा आवश्यक ड्रेस, पुस्तकहरु, किचनमा चाहिले सामग्रीहरुसहित स्टेशनरीका सबै सामानहरु निःशुल्क हुन्छन् । थप शुल्क लाग्दैन । प्रयोगात्मक कार्यका लागि विश्वका विभिन्न देशमा जाँदा भने सोही अनुसारको शुल्क बुझाउँनु पर्छ । विद्यार्थीले खान, बस्न र काम गरे वापत निश्चित आम्दानी पनि गर्छन् ।

प्रश्न : एक पटकमा कति जना विद्यार्थीहरु कलेजमा भर्ना हुन्छन् ? भर्नाको मापदण्ड के हुन्छ ?

हामीले दुई सेक्सन बिहान र दिउँसो पढाउँछौं । एउटा सेक्सनमा २५ जना भन्दा बढी विद्यार्थी हुँदैनन् । जसलाई आधार मान्दा एक पटकको भर्नामा १०० जना विद्यार्थीले अवसर पाउँछन् । वर्षको दुई पटक भर्ना खुल्छ । जुन, जुलाई र नोभेम्वर तथा डिसेम्बरमा नयाँ विद्यार्थीहरुलाई भर्ना खुल्छ । एसईईमा जुनकुनै ग्रेडमा पास गरेको १६ वर्ष पुगेको नेपाली नागरिक पढ्नको लागि योग्य हुन्छ ।

प्रश्न: कलेजमा अध्ययन गर्ने वातावरण र भौतिक पूर्वाधार के कस्तो छ ?

शान्त र स्वच्छ वातावरणमा विद्यार्थीहरुले पढ्ने अवसर पाउँछन् । होटल व्यवस्थापनमा नै स्नातकोत्तर गरेका अनुभवी १४ जना प्राध्यापकहरुले कलेजमा पढाउँछन् । डडेलधुरादेखि बारासम्मका विद्यार्थीहरु पढ्न आउँछन् । केही वर्ष अघिसम्म यस विषयमा पढ्ने केटीहरुको संख्या निकै कम हुन्थ्यो तर अहिले केटीहरुको संख्या पनि बढ्दै गएको छ ।

कलेजमा व्यवस्थित किचन, रेष्टुरेन्ट, पर्याप्त खेल मैदान र खेल्ने व्यवस्था रहेको छ । विभिन्न तारे होटलका म्यानेजरहरु तथा सेफहरु महिनामा एक पटक अतिथिको रुपमा विद्यार्थीको माझमा ल्याउने गरिएको छ । विद्यार्थीहरुलाई राम्रो होटलमा जागिरको लागि अवसर दिने काम पनि गरिएको छ ।

प्रश्न : चितवनमा यस क्षेत्रको सम्भावना कस्तो छ ?

बढ्दो शहरीकरण र मानिसहरुमा घुमफिर गर्ने चाहना बढ्दै गएकोले चितवनमा होटल क्षेत्रको विकास धेरै भएको छ । कोरोनाले होटल क्षेत्रमा केही असर गरेको भए पनि नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा चितवनको विकास हुँदै छ । चितवनको वन्यजन्तु र प्राकृतिक सुन्दरता पर्यटकहरुको मुख्य आकर्षणमा पर्ने गरेका छन् । अहिले देश तथा विदेशमा होटल क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिले लाखौं रुपैयाँ कमाउँछन् । परिवार पनि निकै सन्तुष्ट छन् । मासिक एक लाख रुपैयाँ त सामान्य होटल र रेष्टुरेन्टहरुले पनि दिन्छन् ।

शुक्रबार, चैत ०६, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल
गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

भर्खरै

  • १.
    सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • ३.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • ४.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ५.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ६.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ७.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ८.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.