छोरी चेली पढाउ, बुहारी पढाउ, श्रीमती पढाउ । तर पढाउ किनभने पढेलेखेको महिला भएको घर कहिल्यै पनि अध्याँरो हुँदैन भन्ने भनाई छ ।
त्यही भनाईलाई आत्मसाथ गर्दै गणेशले पनि आफ्नी श्रीमतीलाई दिलोज्यानले पढाए । आफुले घरधन्दा सम्हालेर भएपनि उनले श्रीमतीलाई पढनकोलागी स्कूला क्याम्पस पठाए ।
तर उनको कोशिशलाई उनकै श्रीमतीले नामाकाम बनाईदिईन् । उनको पुरा नाम हो गणेश प्रसाद बस्याल । जस्ले सानोतिनो व्यावसाय पनि गरेका छन् । र त्यही व्यावसायकोलागी भाडामा फर्म सञ्चालन गर्दै आएका छन् ।
उनै गणेशकी श्रीमतीले गणेश घरमा नभएर फर्ममा भएको मौका छोपी घरबाट भागेकी रहिछन् । गणेशकी श्रीमतीका नाम सुबिस्ता बस्याल हो । उनलाई गाउँघरमा बोलाउने नाम शान्ति हो ।
दुई सन्तानकी आमा शान्तिलाई श्रीमान गणेशले प्लस टू देखि ब्याचलरसम्म पढाएर एक वर्षे कम्प्युटरमा डिप्लोमा कोर्ष पनि गराएका रहेछन् ।
हरेक क्षेत्रमा गणेशले श्रीमतीलाई सक्षम नारीको रुपमा स्थापित गराउने कोशिश गरेका रहेछन् । तर जब उनले आफ्नो स्थान बनाउन सफल भईन् तब श्रीमन गणेश र दुई छोराहरुलाई छाडेर गईन् ।
उनी घर छाडेर गएदेखि कसैसंगपनि सम्पर्कमा नभएको बताउँछन् गणेश । उनी भन्छन्,‘म त्यो दिन फर्ममा गएको थिएँ । छोराहरु पनि उतै थिए । त्यही मौका छोपेर घरबाट गईन् । आजसम्म कुनै अत्तोपत्तो छैन । उनी हामीसंगको सम्पर्कमा छैनिन् ।
श्रीमतीलाई पढाएर शिक्षित बनाएर मिलेर केही गरौंला भन्ने सोंचेका गणेशलाई श्रीमतीले उनको भन्दा माथिल्लो तहको स्तर बनेपछि छोडेको गाउँहरु भन्छन् भन्दै आँशुका धारा पुच्छदै गणेश सुनाउँछन् ।