• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

चितवनमा घुससहित तीन प्रहरी पक्राउ https://www.sweetnepal.com/4002

यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई मङ्गलबार राति ९ः०० बजे पुलचोकबाट पक्राउ गरेको हो ।

कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार लोकशहादुर घर्ती, जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत प्रहरी जवान पूर्णसिंह रेश्मीमगरलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई घुस दिएको अभियोगमा एक किराना व्यवसायीसँगै पाँच जनालाई पक्राउ गरिएको गुरुङले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट घुसबापत लिएको रु दुई हजार १५० समेत बरामद गरिएको छ । उहाँले भन्नुभयो, “पक्राउ परेका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धानको प्रक्रिया शुरु गरिएको छ ।” गुरुङका अनुसार उनीहरुले पैसा सङ्कलनका लागि नारायणगढमा रहेको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेका थिए । उनलाई समेत नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

घुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् । यस्तै केरुङ यातायातका छिरिङ लामालाई प्रहरीलाई घुस दिएको अभियोगमा पक्राउ गरी पाँचैलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरेबापत बस, अटो रिक्सा, म्याजिक भ्यानलगायतका सवारी चालकसँग रकम लिएको उहाँले बताउनुभयो ।

सात अर्ब ५१ करोड राजस्व असुली

आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ५० करोड ९९ लाख राजस्व असुली गरेको छ । राजस्व विभागले पुस महिनासम्मका लागि दिएको लक्ष्यको ८७ दशमलव ८३ प्रतिशत राजस्व असुली गरेको हो । कार्यालयका सूचना अधिकारी कपिलराज नेपालका अनुसार पुस मसान्तसम्मको लक्ष्य रु आठ अर्ब ५५ करोड तीन लाख ११ हजार रहेको थियो । विभागले कार्यालयलाई यस वर्ष रु १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार लक्ष्य दिएको थियो । पुस महिनासम्ममा सो लक्ष्यको ३९ दशमलव ७० प्रतिशत राजस्व सङ्कलन भएको हो ।

नेपालका अनुसार चालु आवको पुससम्ममा आयकरतर्फ रु एक अर्ब सात करोड ३४ लाख दुई हजार, बहालकरतर्फ रु २२ लाख ६० हजार, ब्याजकरतर्फ रु छ करोड ८७ लाख १२ हजार राजस्व सङ्कलन भएको छ । यस्तै मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ७१ लाख ७४ हजार, अन्तःशुल्क रु पाँच अर्ब तीन करोड ३९ लाख १२ हजार, शिक्षा सेवा शुल्कमा रु एक लाख १५ हजार र स्वास्थ्य सेवा करमा रु ३९ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ ।

गत आवको पुस मसान्तसम्ममा रु १५ अर्ब चार करोड ४४ लाख ७७ हजार राजस्व सङ्कलन भएको थियो । चालु आवसँगै नवलपुर क्षेत्रको राजस्व कावासोती कार्यालयमा सङ्कलन हुन थालेपछि यहाँको राजस्व सङ्कलनमा कमी आएको हो । नवलपुर क्षेत्रमा मदिराजन्य ठूला उद्योग छन् ।

शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.