Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा निलम्बित

ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा निलम्बित गरिदिएको छ । हिंसा भड्किने जोखिमका कारण ट्रम्पको अकाउन्ट स्थायी रुपमै निलम्बित गरिएको ट्विटरले जानकारी दिएको छ ।

ट्विटरले भनेको छ, ‘हालै उनले गरेका ट्वीटको सुक्ष्म समीक्षालाई मध्यनजर गर्दै हिंसा भड्किने जोखिमका कारण राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा निलम्बित गरिएको छ ।’

यसिअघि पनि ट्विटरले जनवरी ६ मा ट्रम्पको अकाउन्टमाथि १२ घण्टाका लागि प्रतिबन्ध लगाएको थियो । बुधबार क्यापिटल हिल्स भवनमा हिंसा मच्चाउनलाई ‘देशभक्त’ को संज्ञा दिने खालका ट्वीट गरेपछि उनको अकाउन्ट निलम्बित गरिएको हो ।

१२ घण्टापछि बिहीबार राष्ट्रपति ट्रम्पले एउटा भिडियो सन्देश सेयर गर्दै क्यापिटल हिल्समा आक्रमण गर्नेहरुको निन्दा गरेका थिए । साथै उनले जनवरी २० मा व्यवस्थित र विधिवत रुपमा सत्ता हस्तान्तरण गर्ने बताएका थिए । तर उनले त्यसपछि फेरि आफूलाई भोट दिनेहरु ‘देशभक्त’ भएको भन्दै अर्को ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘७ करोड ५० लाख महान अमेरिकी देशभक्तले मलाई ‘अमेरिका फस्ट, मेक अमेरिका ग्रेट अगेन’ बनाउनका लागि दोस्रो पटक भोट दिए । भविष्यमा उनीहरुको आवाज सुनिनेछ । उनीहरुको अपमान हुनेछैन वा कुनै भेदभाव गरिनेछैन ।’

त्यसपछि फेरि अर्को ट्वीट गर्दै ट्रम्पले जनवरी २० मा अमेरिकाका आगामी राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा आफू नजाने बताए । बिहीबारको भिडियो सन्देशपछि ट्रम्पले चुनावी नतिजालाई स्वीकार गरेकोजस्तो देखिएको थियो तर फेरि उनले घुमाउरो पारामा पुरानै तौरतरिकामा आफूलाई भोट दिनेको बचाउ गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा जान्न भन्दै ट्रम्पले चुनावी नतिजाको वैधतामाथि प्रश्न उठाएको र यसले शपथ ग्रहण समारोहलाई असर पुऱ्याउनले देखिएकाले उनको अकाउन्ट निलम्बित गरिएको पनि ट्विटरले स्पष्टीकरण दिएको छ । साथै ट्रम्पले अर्को अकाउन्ट बनाएर आफ्ना सन्देश दिन सक्ने भएकाले आफूहरु चनाखो भएको पनि ट्विटरले बताएको छ । यदि आचारसंहिता उल्लंघन गरे नयाँ अकाउन्टमापथि पनि प्रतिबन्ध लगाइने ट्विटरको भनाइ छ ।

बुधबार राष्ट्रपति ट्रम्पका समर्थकद्वारा अमेरिकी संसद् भवनमा आक्रमण भएपछि सोसल मिडिया प्लेटफर्मले ट्रम्पको अकाउन्टमाथि प्रतिबन्ध लगाएका थिए । त्यतिबेला ट्विटरले १२ घण्टठाका लागि प्रतिबन्ध लगाए पनि फेसबुक, स्न्यापच्याट र इन्स्टाग्रामले भने केही हप्ताका लागि नै प्रतिबन्ध लगाएको बताएका थिए ।

शनिबार, पुष २५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता
OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.