काठमाडौंको बालुवाटारबाट बालिका खड्का पक्राउ परेकी छन्। प्रहरीले उनलाई करिब ३ बजे पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए।
अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘हामीले बालुवाटारको निषेधित क्षेत्रमा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरी उहाँलाई ल्याएका छौं,’उनले भने,’उहाँमाथि थप अनुसन्धान गरिरहेका छौं।’
यसअघि खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हुँ भन्दै अंश माग गरी मु-द्दा दायर गरेर उक्त मुद्दा फिर्ता लिएकी थिइन्।