• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

विहेको ७ महिनामै छोडेर गएका श्रीमान ५५ वर्षपछि फर्किदा कुरिरहेकै थिइन् श्रीमती

घर छोडेर सम्पर्कबिहीन भएको ५५ वर्षपछि एक वृद्ध घर फर्केका छन् । उनलाई घरकै केही सदस्यले त चिन्दै चिनेनन् । वैदेशिक रोजगारीका सिलसिलामा भारत गएका भक्तपुर सुर्यबिनायक नगरपालिका–८ सिपाडोलका केदार थापा ५५ वर्षपछि घर फर्केका हुन् ।

उनी वि २०२१ सालमा भारत गएका र यहि फागुन २६ गते घर फर्किएका हुन् । विवाह गरेको ७ महिनामा श्रीमती र आँखा नदेख्ने बाबु आमालाई छाडेर गुमनाम भएका थिए ।

१९९७ साल असार ८ गते शुक्रबार गते आफ्नो जन्ममिति भएको बताउने थापा आफ्नो दाजु गोबर्धन थापा (हाल उनको निधन भइसकेको) सँग भारत हुँदै भुटानसम्म पुगेको बताउँछन् । दाजु बीचमा बिरामी भएर नेपाल फर्के भने आफू चाहिं उतै बसेको उनले बताए ।

बाल्यकालदेखि नै काम सिलसिलामा भारतमा रहे पनि बीचमा एक पटक ओखलढुंगामा आफन्तको बिहेका लागि नेपाल आएका थिए । तर उनी त्यस समय घर भने नआएको बताउँछन् ।

हाल भारतको आसाममा बस्दै आएका उनले आफूसँग श्रीमती, ४ छोरा र एक छोरी भएको स्विकार गर्दै आफुले यहाँकी श्रीमतीलाई धोका दिएको र आफु पा’पी भएको समेत बताए ।

केवल मनभरी सम्झना र आँखाभरी आँसु बोकेर ५५ वर्षसम्म उसैको बाटो हरेर बस्नु सामान्य कुरा थिएन । नारी महान हुन्छन् र उनीहरु जस्तोसुकै परिस्थितिको सामना गर्न सक्दछन्

आफू अरुको लहैलहैमा लागेर भारत छिरेको बताउने उनी अहिले आफ्नो मातृभूमि सम्झेर आएको बताउँछन । आमाबुबाको निधन हुँदा समेत घर नफर्किएका उनि अब आफ्नो जीवनको अन्तिम अवस्थामा आफ्नो जन्मभूमि फकिएको छु, अब नफर्कने बतउछन । ।’

विवाह भएको ७ महिना पनि नपुग्दै आफूलाई छोडेर हिडेका श्रीमान् लामो समय पछि घर फर्किएकोमा उनकी श्रीमती ६९ वर्षीया हिरा थापा भने खासै खुसी देखीनुहुन्न । उनी भन्छिन्, ‘आँखा नदेख्ने आमाबुबालाई छोडेर जान सक्नेले फर्किएर आउँछन भन्ने आफूले कल्पना समेत गरेको थिइन ।’

श्रीमान् घर आए देखि उनको आँखाबाट आँशु बगी रहेका छन् । कलिलो उमेरमा विवाह गरी छाडेर जाने गुमनाम श्रीमानलाई पर्खेर आँखा नदेख्ने दृष्टिविहिन सासु ससुराको स्याहार गरेर बसेकी उनी यतिलामो समय पछि श्रीमान् फर्किदा पनि उनी मुस्कुराउन सकिरहेकी छैनन् ।

बिहे गरेको ७ महिना मै श्रीमानले घर छाडेर गएपछि केवल मनभरी सम्झना र आँखाभरी आँसु बोकेर ५५ वर्षसम्म उसैको बाटो हरेर बस्नु सामान्य कुरा थिएन । नारी महान हुन्छन् र उनीहरु जस्तोसुकै परिस्थितिको सामना गर्न सक्दछन् भन्ने हिराको यो जीवनले पनि प्रष्ट देखाउँछ ।

उनको दौतरी नाताले भाइ पर्ने अर्जुन थापाले दाजुको रुपमा रहेका सँगैका दौतरीलाई लामो समयपछि घरको आँगनमा देख्न पाउँदा खुशी लागेको र त्यो डाडाँ पाखामा खेल्दै हुर्केको विगत सम्झाए । उनले भने, ‘सानैमा साहै चन्चले हुनुहुन्थ्यो दाजु र सँगै खेल्थ्यौ र लड्थ्यो पनि तर बिहे गर्नासाथ भाग्नुभयो यत्रो वर्ष नआउँदा आशा मा रेका थियौ, आउनु भयो खुसी छौं ।’

केदारसँगै उनको दोस्रो श्रीमतीको जेठा सुपुत्र पनि साथमै आएका छन् । ४८ वर्ष उमेर पुगेको बताउने उनले बाबुको इच्छा नभएकै कारण अहिलेसम्म नेपाल नआएको र पछिल्लो समय विराटागर आएको समयमा पशुपति दर्शन गर्ने जाने उद्देश्यले यहाँ आएको बताए । उनले बाबुको इच्छा नेपालमै बस्ने भएका आफूहरु पनि यतै आउने बताए ।

उनको घरमा अहिले आफन्त र छरछिमेकीको भिड छ भने उनका बारेमा गाइगुईसमेत चल्न थालेका छन् । कसैले सम्पत्ती देखेर आयो, कसैले बल्ल पहिलो बुढिको माया लागेछ भन्दै अडकल गरेका छन् ।

जे होस् यो थापा परिवारमा एक किसिमको खुसी छाएको हामीले पायौं, जो ५५ वर्षपछि छुटिएको सम्बन्ध जोडिएको छ

बुधबार, पुष २२, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.