• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

विहेको ७ महिनामै छोडेर गएका श्रीमान ५५ वर्षपछि फर्किदा कुरिरहेकै थिइन् श्रीमती

घर छोडेर सम्पर्कबिहीन भएको ५५ वर्षपछि एक वृद्ध घर फर्केका छन् । उनलाई घरकै केही सदस्यले त चिन्दै चिनेनन् । वैदेशिक रोजगारीका सिलसिलामा भारत गएका भक्तपुर सुर्यबिनायक नगरपालिका–८ सिपाडोलका केदार थापा ५५ वर्षपछि घर फर्केका हुन् ।

उनी वि २०२१ सालमा भारत गएका र यहि फागुन २६ गते घर फर्किएका हुन् । विवाह गरेको ७ महिनामा श्रीमती र आँखा नदेख्ने बाबु आमालाई छाडेर गुमनाम भएका थिए ।

१९९७ साल असार ८ गते शुक्रबार गते आफ्नो जन्ममिति भएको बताउने थापा आफ्नो दाजु गोबर्धन थापा (हाल उनको निधन भइसकेको) सँग भारत हुँदै भुटानसम्म पुगेको बताउँछन् । दाजु बीचमा बिरामी भएर नेपाल फर्के भने आफू चाहिं उतै बसेको उनले बताए ।

बाल्यकालदेखि नै काम सिलसिलामा भारतमा रहे पनि बीचमा एक पटक ओखलढुंगामा आफन्तको बिहेका लागि नेपाल आएका थिए । तर उनी त्यस समय घर भने नआएको बताउँछन् ।

हाल भारतको आसाममा बस्दै आएका उनले आफूसँग श्रीमती, ४ छोरा र एक छोरी भएको स्विकार गर्दै आफुले यहाँकी श्रीमतीलाई धोका दिएको र आफु पा’पी भएको समेत बताए ।

केवल मनभरी सम्झना र आँखाभरी आँसु बोकेर ५५ वर्षसम्म उसैको बाटो हरेर बस्नु सामान्य कुरा थिएन । नारी महान हुन्छन् र उनीहरु जस्तोसुकै परिस्थितिको सामना गर्न सक्दछन्

आफू अरुको लहैलहैमा लागेर भारत छिरेको बताउने उनी अहिले आफ्नो मातृभूमि सम्झेर आएको बताउँछन । आमाबुबाको निधन हुँदा समेत घर नफर्किएका उनि अब आफ्नो जीवनको अन्तिम अवस्थामा आफ्नो जन्मभूमि फकिएको छु, अब नफर्कने बतउछन । ।’

विवाह भएको ७ महिना पनि नपुग्दै आफूलाई छोडेर हिडेका श्रीमान् लामो समय पछि घर फर्किएकोमा उनकी श्रीमती ६९ वर्षीया हिरा थापा भने खासै खुसी देखीनुहुन्न । उनी भन्छिन्, ‘आँखा नदेख्ने आमाबुबालाई छोडेर जान सक्नेले फर्किएर आउँछन भन्ने आफूले कल्पना समेत गरेको थिइन ।’

श्रीमान् घर आए देखि उनको आँखाबाट आँशु बगी रहेका छन् । कलिलो उमेरमा विवाह गरी छाडेर जाने गुमनाम श्रीमानलाई पर्खेर आँखा नदेख्ने दृष्टिविहिन सासु ससुराको स्याहार गरेर बसेकी उनी यतिलामो समय पछि श्रीमान् फर्किदा पनि उनी मुस्कुराउन सकिरहेकी छैनन् ।

बिहे गरेको ७ महिना मै श्रीमानले घर छाडेर गएपछि केवल मनभरी सम्झना र आँखाभरी आँसु बोकेर ५५ वर्षसम्म उसैको बाटो हरेर बस्नु सामान्य कुरा थिएन । नारी महान हुन्छन् र उनीहरु जस्तोसुकै परिस्थितिको सामना गर्न सक्दछन् भन्ने हिराको यो जीवनले पनि प्रष्ट देखाउँछ ।

उनको दौतरी नाताले भाइ पर्ने अर्जुन थापाले दाजुको रुपमा रहेका सँगैका दौतरीलाई लामो समयपछि घरको आँगनमा देख्न पाउँदा खुशी लागेको र त्यो डाडाँ पाखामा खेल्दै हुर्केको विगत सम्झाए । उनले भने, ‘सानैमा साहै चन्चले हुनुहुन्थ्यो दाजु र सँगै खेल्थ्यौ र लड्थ्यो पनि तर बिहे गर्नासाथ भाग्नुभयो यत्रो वर्ष नआउँदा आशा मा रेका थियौ, आउनु भयो खुसी छौं ।’

केदारसँगै उनको दोस्रो श्रीमतीको जेठा सुपुत्र पनि साथमै आएका छन् । ४८ वर्ष उमेर पुगेको बताउने उनले बाबुको इच्छा नभएकै कारण अहिलेसम्म नेपाल नआएको र पछिल्लो समय विराटागर आएको समयमा पशुपति दर्शन गर्ने जाने उद्देश्यले यहाँ आएको बताए । उनले बाबुको इच्छा नेपालमै बस्ने भएका आफूहरु पनि यतै आउने बताए ।

उनको घरमा अहिले आफन्त र छरछिमेकीको भिड छ भने उनका बारेमा गाइगुईसमेत चल्न थालेका छन् । कसैले सम्पत्ती देखेर आयो, कसैले बल्ल पहिलो बुढिको माया लागेछ भन्दै अडकल गरेका छन् ।

जे होस् यो थापा परिवारमा एक किसिमको खुसी छाएको हामीले पायौं, जो ५५ वर्षपछि छुटिएको सम्बन्ध जोडिएको छ

बुधबार, पुष २२, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.