रसियाकी एक महिलाको मुखबाट चार फिटको सर्प निकालेको भिडियो सार्वजनिक भएको छ । यसको व्यापक चर्चा पनि छ।
डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित आफ्नो घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको जानकारी दिएको छ।
महिलाको स्वास्थ्यमा अचानक गडबडी देखिएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो जहाँ उनलाई जनरल एनेस्थेटिकमा राखिएको थियो।
उक्त सर्पको लम्बाइ १.२ मिटर रहेको थियो । यो अझै स्पष्ट छैन कि उक्त सर्प जीवित छ कि छैन र महिलाको शरीरभित्र कति समय रह्यो ।
उनको घाँटीमा ट्युब छिराएर चिकित्सकले उक्त सर्पलाई निकालेका थिए । महिला स्वास्थ्यकर्मीले महिलाको मुखबाट बाहिर निकाल्दा सर्पलाई समातिन् । सबै स्वास्थ्यकर्मीहरू सर्पको लम्बाइ देखेर चिच्याए ।
दागेस्तानको स्वास्थ्य मन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । स्थानीयहरूकाअनुसार यस्ता घटनाहरु विरलै हुन्छन् ।
भिडियाे
https://youtu.be/8UYUgnjCZGM