• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

एउटै बोकाको मूल्य ४ लाख

बागलुङ — एउटा बोकाको मूल्य कति पर्ला ? पक्कै तपाईंले भन्नुहुनेछ– केही हजार तर यहाँ एउटा बोकाको मूल्य ४ लाख रुपैयाँभन्दा बढी तोकिएको छ ।

बागलुङ नगरपालिका–११ रायडाँडाका चिरञ्जीवी केसीले ४ लाख रुपैयाँ तिर्ने आउँदा पनि बोका नबेचेको बताएका छन् । ‘मैले अझै केही समय पाल्ने भनेर दिइनँ,’ केसीले भने, ‘अर्को बोका किनेपछि साढे ४ लाख रुपैयाँ पाए मात्रै बेच्छु ।’ अस्ट्रेलियन बोयर जातको यो बोकाको तौल १ सय २० केजी छ । यो २८ महिनाको भयो ।

केसी पशु प्राविधिक पनि हुन् । मौरीपालन व्यवसायबाट तीन वर्षअघि बाख्रापालनलाई उनले व्यावसायिक बनाएका हुन् । उनको खोरमा अहिले पनि एक सय बाख्रा छन् । स्थानीय खरी जातका बाख्रामा बोयरको क्रस गराएर उनले बाख्रा पालिरहेका हुन् । यो बोका ९० प्रतिशत क्रस बोका हो । यस्तो विधिले पाल्दा खरी जातको जस्तै घाँस खाने, चर्न रुचाउने र तौल भने बोयरको जस्तै बढ्ने उनको अनुभव छ । केन्द्रीय भेडाबाख्रा प्रवर्द्धन कार्यक्रममार्फत तालिम पाएपछि ३ लाख रुपैयाँ लगानीमा उनले दुई वटा बोका किनेर ल्याएका थिए । रायडाँडामा अहिले १७ बाख्रा फार्म छन् । तीमध्ये १० वटा खरी बाख्राका छन् भने सात वटा बोयरका हुन् । ‘बोयर जातको बाख्राका लागि हाडनाता लाग्ने गरी बोका लगाउनु हुँदैन । त्यसैले अब नयाँ बोका ल्याउने योजना छ,’ उनले भने, ‘नयाँ बोका ल्याएपछि यो बेच्ने हो ।’ बोयर जातमा बाख्राले एकै पटक बोका खोज्छन् । त्यसैले कम्तीमा दुईदेखि तीन वटा ब्याडे बोका आवश्यक पर्ने उनले जानकारी दिए ।

रायडाँडामा पाँच वटा बाख्रापालन समूह छन् । तिनमा आबद्ध किसानका लागि केसीले प्राविधिक सहयोग गर्नुपर्छ । गत वर्ष मात्रै १५ लाख रुपैयाँको कारोबार भएको र त्यसबाट ५ लाख रुपैयाँ नाफा कमाउन सकेको केसीले बताए । वडा नम्बर ११ मा वार्षिक १ करोड बराबर बाख्राको कारोबार भएको उनले तथ्यांक छ । वडा कार्यालयका पशु प्राविधिकसमेत भएकाले उनले हरेक महिना बाख्रासहित पशुचौपायाको उत्पादनको तथ्यांक निकाल्छन् । व्यावसायिकबाहेक घरायसी उपयोगका लागि पनि प्रायः किसानले १० देखि २० वटा बाख्रा पालेका छन् । वडाभरि ३ हजार ३ सय बाख्रा रहेको उनले जानकारी दिए । भूगोलका कारण अन्य पेसा व्यवसाय सम्भव नभएको र बाख्रापालन एवं तरकारी खेतीमा नगरपालिकाको पनि लगानी केन्द्रित गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमको भनाइ छ ।

शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.