• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

पर्वतको कुश्मामा विश्वकै दोस्रो लामो जीपलाईन निर्माण शुरु,नगरप्रमुख जोशीद्धारा शिलन्यास


साहसिक खेलका तीव्र विकास भइरहेको पर्वत जिल्लामा विश्वकै दोस्रो लामो जिपलाइन बन्ने भएको छ।विश्वकै दोस्रो अग्लो दाबी गरिएको बन्जी जम्प रहेको नजिकै कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको हो।
यो जिपलाइन सुपर म्यान शैलीमा निर्माण गर्न लागिएको भारतीय निर्माण कम्पनी श्याम जिपलाइनका इन्जिनियर नवीन मेस्सीले बताए।
‘यहाँको जिपलाई सुपर म्यान शैलीको बनाउन लागिएको छ। क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ।’ उनले भने, ‘यहाँबाट नजिकको जिपलाइन पोखरामा रहेको छ। त्यहाँको जिपलाइन क्लासिक हो जसको लम्बाई १८ सय मिटर छ।’
क्लासिक जिपलाइनमा पोखराको जिपलाइनको लम्बाई कुस्मामा बन्दै गरेको हार्नेस जिपलाइन प्रा.लि.को भन्दा बढी हुने भए पनि सुपर म्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो बन्ने भएको हो। सुपर म्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको छ। जसको निर्माण अमेरिकी कम्पनीले गरेको थियो।

इन्जिनियर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुन्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ। हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने उनको भनाई छ। कालीगण्डकी नदीको सतहबाट दुई सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ।

जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ। खेलका क्रममा खेलाडी जोखिममा परेर उद्धार गर्नुपर्ने भएमा एक मिनेटभित्रमा उद्धार गरिने इन्जिनियर मेस्सीले बताए।

‘खेलाडीलाई उद्धार गर्नुपर्ने भएमा एक मिनेटभित्रैमा रेस्क्यु गर्न सकिन्छ। त्यसका लागि आवश्यक तयारीको योजना बनाएका छौँ।’ उनले भने, ‘यो जिपलाइनमा भारतमा बनेको घिर्नीको प्रयोग नगरी क्यानडामा बनेको प्रयोग हुँदै छ।’ उनका अनुसार अबको पाँच महिना भित्रमा निर्माण कार्य पूरा हुने छ।

जिपलाइनका एक जना लगानीकर्ता कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कुस्मामा बन्ने जिपलाइनले कालीगण्डकी नदीलाई दुई ठाउँमा नाघेर जाने भएकोले अन्यत्र ठाउँमा रहेका जिपलाइन भन्दा पर्वतको जिपलाइनमा पर्यटकहरूको आकर्षण बढी हुने बताए। जिपलाइन नजिकै अर्को साहसिक खेल बन्जी जम्प रहेकाले त्यहाँ आउने पर्यटकहरूले कालीगण्डकी नदी माथिको जिपलाइनको पनि अनुभव गरेर फर्किने उनको भनाइ छ।

‘पर्वत जिल्ला अब साहसिक खेलहरूको जिल्लाका रूपमा चिनिन थालेको छ। बञ्जीजम्प, स्काई साइक्लिङ, रक क्लाइम्बीङ रहेको यो ठाउँमा अब विश्वकै दोस्रो लामो सुपर म्यान जिपलाइन बन्ने भयो’ उनले भने, ‘यसले पर्वत जिल्ला सहित बागलुङ र म्याग्दी जिल्लामा पनि पर्यटकहरु तान्न सहयोग गर्छ।

मुस्ताङको साहसिक यात्रा गरेर आउनेहरूलाई जिपलाइनले कुस्मामा आकर्षण गर्छ।’ उनका अनुसार जिपलाइनको गन्तव्य रहेको साउने बगरमा रिसोर्ट समेत बनाइने भएको छ। जिपलाइनमा रमाउन आउने पाहुनाहरूलाई खान बस्नको सुविधा त्यही रिसोर्टमा हुनेछ।

जिपलाइन, रिसोर्ट र अन्य साहसिक खेल निर्माणको लागि प्रारम्भिक रूपमा ११ करोड खर्च लाग्ने अनुमान गरिएको छ। जसमा नगरप्रमुख जोशी सहित, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाँले लगानी गर्ने भएका छन्।

शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो
चितवनमा टिभिएसको विद्युतिय अटो सार्वजनिक
२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ३.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.